Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले गर्यो आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक, के-के परे प्राथमिकतामा ?

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, ०७ : ३३ मा प्रकाशित

धितोपत्र बोर्डले गर्यो आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक, के-के परे प्राथमिकतामा ?

नेपाल धितोपत्र बोर्डले आफ्नो ३० औँ वार्षिकोत्सवका अवसरमा आगामी लक्ष्य तथा प्राथमिकताहरु सार्वजनिक गरेको छ । 

३१. बोर्डको आगामी लक्ष्य तथा प्राथमिकता

 धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय स्वस्थ, पारदों, प्रतिस्पर्क र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई बोर्डले देहाय बमोजिमको प्राथमिकता तथा लक्ष्य निर्धारण गरेको छ :

१) धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरो IOSCO को मापदण्ड अनुरूपको बनाउँदै लैजाने,

२) लगानीकर्ताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारबाहोको दायरमा ल्याउने.

३) बोर्डबाट सम्पादन गरिने कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्च स्तरोय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने, 

४) विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालोलाई Artificial Intelligence(AI) मा आधारित RegTech मार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने,

५) बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरूलाई Merit Based File Approval System का आधारमा प्रक्रिया अगाडि बढाउने

६) बुक बिल्डिङ प्रणाली दिगो एवं पारदशी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई वितोपत्र बजारमा भित्र्याउने,

७) सार्वजनिक निष्कासनमा स्वच्छ तथा पारदशी प्रणाली लागू गरी ठुला-ठूला Utility Companies (जस्तै : नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लि. र व्यावसायिक रूपमा सफल तथा स्थापित अन्य कम्पनीहरूलाई धितोपत्र बजारमा सूचीकरण गराई सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने...

८) पर्याप्त पुंजो नभएका उद्ममी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटो तथा मेन्चर क्यापिटलको माध्यमबाट पुंजी तथा व्यावसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमति पत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने.

९) साना तथा मझौला उद्ममहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म (SMEs Platform) का लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाईजो बजारमा आबद्ध गर्ने,

१०) वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउने,

११) बजारको प्रभावकारो नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनो संरचनाको विकास तथा सुदृढीकरण गर्ने,

१२) बजार सहभागीहरूको व्यावसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने,

१३) प्रदेश स्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी जनचेतना अभिवृद्धि सहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने ।

बोर्डबाट समग्रमा बजारको विकास तथा विस्तार गर्ने कानुनो सचनामा सुधार गर्ने संस्थागत तथा नियमन समता सबलोकरण गर्ने अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण नार्फत स्वच्छ- प्रतिस्पर्क एक पिस्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने बोर्डको भायो प्राथमिकता रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको