Like us!
Follow us!
Connect us!
Watch us!

अझै रिहा भएनन् सेयर लगानीकर्ता, प्रहरी हिरासतमै तिलक कोईरालाको आमरण अनसन जारी

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, ०८ : ३५ मा प्रकाशित

अझै रिहा भएनन् सेयर लगानीकर्ता, प्रहरी हिरासतमै तिलक कोईरालाको आमरण अनसन जारी

नेपाल स्टक एक्सचेन्ज अगाडी प्रदर्शनका क्रममा पक्राउ परेका ५ जना लगानीकर्ताहरुलाई अहिले सम्म पनि प्रहरीले रिहा गरेको छैन । पूँजी बजार विकास र विस्तारका विभिन्न १९ बँुदे मागसहित आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै मंगलबार प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरीको पक्राउ लगत्तै प्रहरी हिरासतमै आमरण अनसन सुरु गरेका लगानीकर्ता एबं पूँजीबजार संघर्ष समितीका संयोजक तिलक कोईरालाले आफ्नो आमरण अनसनलाई जारी राखेका छन् । बजारको विकास र विस्तारका माग सहित आन्दोलनमा उत्रियका लगानीकर्ताहरुको माग सम्बोधन गर्नुको साटो उल्टै प्रहरी दमन भएको भन्दै लगानीकर्ताहरुले बिरोध जनाइरहेका छन् । 

यसरी लगानीकर्ताहरुलाई शान्तिपुर्ण आन्दोलन गर्दा समेत पक्राउ गरिनु न्यायपुर्ण होईन, राज्यले लगानीकर्तालाई दमन गर्ने नीति लिएको लगानीकर्ताको आरोप छ । तिलक कोइराला हिजोदेखि पानी पनि नखाई प्रहरी हिरासमै आमरण अनसनमा बस्नु भएको छ तर नियामक निकायहरु भने कानमा तेलहालेर सुतेका छन् भोलि वहाँको स्वास्थ्यमा केहि समस्या आयो भने त्यसको जिम्मेवार को हुने ? त्यसकारण लगानीकर्ताहरुका जायज माग यधासिघ्र सम्बाेधन गरी तिलक कोईरालाको स्वास्थ रक्षाको पहल गर्न नियामकहरुसंग लगानीकर्ताहरुको माग छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको