Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलाेपरले डाक्याे विशेष साधारण सभा, के छ एजेन्डा ?

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, ११ : ३२ मा प्रकाशित

नेपाल हाइड्रो डेभलाेपरले डाक्याे विशेष साधारण सभा, के छ एजेन्डा ?

नेपाल हाइड्रो डेभलाेपर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे हिजाे (जेठ २५ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा असार १३ गते, साेमबार कावेरी इन, ज्ञानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा नियमावलीकाे नियम २३ संशाेधन गर्ने, नियमावलीकाे नियम २७ काे उपनियम ३ (१) संशाेधन गर्ने, कम्पनीकाे नियमावलीमा भएकाे संशाेधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशाेधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा साेही अनुरूप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयाेजनका लागि असार २ गते बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले, असार १ गते, बुधबारसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62a18a4ddca09.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको