Like us!
Follow us!
Connect us!
Watch us!

हिरासतमा प्रहरीको अमानवीय व्यवहार, डीएसपी भरत श्रेष्ठमाथि कारबाहीको माग

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १६ : ०८ मा प्रकाशित

हिरासतमा प्रहरीको अमानवीय व्यवहार, डीएसपी भरत श्रेष्ठमाथि कारबाहीको माग

सेयर लगानीकर्ताहरूको आन्दोलनको क्रममा प्रहरीको पक्राउमा परेका पूँजी बजार सुधार संघर्ष समितिका संयाेजक तिलक कोइरालाले प्रहरी हिरासतमा आफूहरूमाथि अमानवीय व्यवहार प्रस्तुत भएको बताएका छन् ।

यही जेठ २४ गते, मंगलबार आन्दोलनकै क्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसरबाट तिलक काेइरालासहित ५ जना लगानीकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

कुनै अपराध बीना नै पक्राउ गरिएको आफूहरूलाई हिरासतमा अत्यन्तै अमानवीय व्यवहार प्रस्तुत भएकोमा कोइरालाले आपत्ति जनाएका छन् ।
राम्ररी शिष्टतापूर्वक व्यवहार गर्नुपर्नेमा रातिको ११  बजे आएर डिएसपी भरत श्रेष्ठले कालाे टहरामा लगेका भन्दै उनले यस्ताे अमानवीय व्यवहारका लागि डीएसपी भरत श्रेष्ठमाथि कारबाहीको माग समेत राखेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको