Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरलाई एमालेसँग जोड्नु गलत, ४/१२ को नीति खारेज हुनुपर्छ : योगेश भट्टराई

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १७ : ०३ मा प्रकाशित

गभर्नरलाई एमालेसँग जोड्नु गलत, ४/१२ को नीति खारेज हुनुपर्छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेसँग जोडेर हेर्नु नहुने बताएका छन् । 

अर्थ संसारसँग कुरा गर्दै भट्टराईले एमालेले सेयरमा राजनीति नगर्ने भन्दै गभर्नरले लिने नीतिहरूमा एमालेको कुनै भूमीका नरहने बताएका छन् ।

गठबन्धन सरकारलाई असहयोग गर्न तपाईँहरूको सरकारले नियुक्त गरेको गभर्नरले सेयर बजार विरोधी गतिबिधीहरू गरिरहेका भन्ने आरोप लाग्ने गरेको छ नी भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै भट्टराईले भने, "म तपाईको यो प्रश्न खारेज गर्दछु । गभर्नरले मन्त्रीको कुरा सुन्छन् की प्रतिपक्षी दलको ? माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्रीले सेयर बजार विरोधी अभिव्यक्तिहरू दिएका सुन्नु भएको छैन ? एमालेका कुनै नेताले सेयर बजार विरूद्ध बोलेका सुन्नु भएको छ ?"

एमालेको सरकार बन्दा जहिले पनि सेयर बजार बढेको भन्दै भट्टराईले एमाले सधैँ सेयर बजारप्रति सकारात्मक रहेको बताए । सेयर धितो कर्जामा लगाइएको ४ १२ को सीमाको विरोध गर्दै उनले यदि कसैसँग धितो छ र बैंकले कर्जा लगानी गर्न उपयुक्त देखेको छ भने कर्जाको लेनदेनमा कुनै सिलिङ हुनु नहुने आफ्नो धारणा रहेको बताएका छन् ।आज संसदमा समेत उनले सेयर लगानीकर्ताहरू समस्यामा रहेको भन्दै लगानीकर्ताहरूको मागको सुनुवाई सरकारसँग माग गरेका थिए ।

४/१२ नितीबारे योगेश भट्टराईको संसदमा गर्जन || Yogesh Bhattarai

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको