Like us!
Follow us!
Connect us!
Watch us!

आज लगानीकर्ताले माईतीघरदेखि बानेश्वरसम्म शक्ति प्रदर्शन गर्ने, सहभागी हुन सबैलाई आह्वान

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, ०७ : ३४ मा प्रकाशित

आज लगानीकर्ताले माईतीघरदेखि बानेश्वरसम्म शक्ति प्रदर्शन गर्ने, सहभागी हुन सबैलाई आह्वान

विभिन्न १९ बुँदे मागहरु सहित आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज शुक्रबार माईतिघर देखि बानेश्वर सम्म र्याली गर्ने भएका छन् । पूँजी बजार सुधार समितिको आयोजनामा केहि दिन देखि निरन्तर विभिन्न विरोधका कार्यक्रमहरु भइरहेकाछन् ।

पूँजी बजार सुधार समितिको आन्दोलनका कार्यक्रममा नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार संघ लगायत लगानीकर्ताका संघ संगठनहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

पूँजी बजार सुधार समितिका संयोजक तिलक कोईरालाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पुर्ण लगानीकर्ताहरुलाई आजको कार्यक्रममा सहभागि हुन आह्वान समेत गरेका छन् । उनले फेसबुकमा लेखेकाछन् 'सेयर लगानीकर्ताहरु भोलि ३ बजे पाँच हजार जना सडकमा उत्रिऔं, माईतीघरदेखि बानेश्वरसम्म शक्ति प्रदर्शन गरौं । एकजनाले १० जना ल्याउने ।' 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको