Like us!
Follow us!
Connect us!
Watch us!

‘बजार विरोधी नियामक र सरकार हाम्रा साझा सत्रु हुन्, सबै एक भएर तिनको विरुद्द लडौँ’

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १० : ५५ मा प्रकाशित

‘बजार विरोधी नियामक र सरकार हाम्रा साझा सत्रु हुन्, सबै एक भएर तिनको विरुद्द लडौँ’

नेपाल स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बजार बिरोधी नियामक निकाय र सरकार सबै लगानीकर्ताहरुका साझा सत्रु भएको भन्दा तिनका बिरुद्धमा सबै लगानीकर्ताहरु एक भएर लड्नु पर्ने बताएका छन् । 

‘अहिले सबै लगानीकर्ताहरु एक ठाउँमा जम्मा भएर बजार बिरोधीहरुको बिरुद्धमा एक भएर लड्ने बेला भएको छ, अहिले हाम्रो आपसी मदभेद भए पछि बसेर छलाफल गर्दै गरौला तर यो बेला भनेको हाम्रा आपसि मदभेदलाई त्यागेर एक भएर अगाडी बढ्ने बेला हो त्यसैले आज सबै लगानीकर्ताहरु एक भएर ३ बजेदेखि माईतिघरमा हुने बिरोध कार्यक्रममा सहभागी बन्न आम लगानीकर्ताहरुलाई म आह्वान गर्न चाहान्छु’ कार्कीले भने ।  
 
‘अरुले जुनै जायज कुरा गरे पनि आफुलाइ फरक र चर्चामा देखाउन बिरोध गर्नै मानसिकता भएका केही बजारका अराजकहरुले ४/१२ मात्र हाम्रो माग जस्तो गरेर यिनको आन्दोलनमा जानू पर्ने भनेर भड्क्यौलो पोस्ट गरेको पाइयो । १९ वटा बजार सुधारको सबै माग लगानिकर्ताको आफ्नै माग हुन त्यसैले ४/१२ मात्र माग भएझै गरेर जुन किसिमको पोस्ट आएकोछ त्यसप्रति भ्रममा कोहि नपरौ । केही यस्तै दुशित र कुशित मानसिकता भएका बाट बचौ र तिनको अगाडिको ईतिहास हेरेर भण्डाफोर गरौ । बजार सुधारको माग राखेर लगानिकर्ताले गर्ने जुनै आन्दोलनमा सबैले साथ दिनु सबैको हितकर हुन्छ ।’ कार्कीले भने ‘केहिलाइ अझै नियामकले नकारत्मक नियम ल्याएर घटाइदिए किनम्ला भन्ने होला कसैलाइ बढाइदिए बेचौला भन्ने होला यस्ता बिचार बोकेका ब्यक्तिहरुबाट बजार सुधारको अहिलेको आन्दोलन बचाउनु ठूलो चुनौती रहेकोछ । अहिले सबै जुटेको बेला फुट्न हुन्न अहिलेको हाम्रो साझा सत्रु भनेकै बजार बिरोधी नियामक र सरकार हुन त्यसैले एक भएर तिनको बिरुद्द लडौ अनि फुर्शदमा हामी आफू आफू लड्दै गरौला । पहिला हाम्रो घर परिवार बचाउँ ।’ 

‘पुजिबजार सुधारको माहाअभियानमा सवै जुटौ । आज ३ बजे माइतिघर बाट नया बानेश्वोर चोक सम्म हुने व्यापक मार्च पास तथा बिरोध सभामा सबैजना सहभागी बनौ’ कार्कीले आग्रह गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको