Like us!
Follow us!
Connect us!
Watch us!

मैल गभर्नर व्यक्तिलाई नभई ‘प्रवृत्ति’ लाई घोक्रेठ्याक लगाउनुपर्छ भनेको हुँ : विष्णु बस्याल

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १२ : ५४ मा प्रकाशित

मैल गभर्नर व्यक्तिलाई नभई ‘प्रवृत्ति’ लाई घोक्रेठ्याक लगाउनुपर्छ भनेको हुँ : विष्णु बस्याल

सेयर विश्लेषक विष्णु प्रसाद बस्यालले आफूले गभर्नर व्यक्तिलाई नभई त्यस्तो प्रवृत्तिलाई घोक्रेठ्याक लगाउनुपर्ने धारणा राखेको प्रष्टिकरण दिएका छन् । मंगलबार माईतीघरमा पूँजी बजार सुधार संघर्ष समितीद्धारा आयोजित विरोध कार्यक्रममा बस्यालले सरकारलाई सहयोग नगर्ने गभर्नरलाई घोक्रेठ्याक लगाएर फाल्नुपर्ने बताएका थिए । 

अर्थ संसार संगको कुराकानीमा बस्यालले सरकारका सही निर्णयहरु कार्यान्वयन नगर्ने प्रवृतिलाई घोक्रठ्याक नै लगाएर फाल्नुपर्ने आफ्नो धारणा रहको बताए । ‘कुनै पनि संस्थामा भएका कामका बारेमा स्वस्थ आलोचना हुनुपर्छ मैले पनि त्यहाँ व्यक्ति भन्दा पनि सरकारको सही निर्णय र निर्देशनलाई कार्यान्वयन नगर्ने जुन प्रवृत्ति देखिएको छ त्यो जुन संस्थामा भएपनि त्यस्तो प्रवृत्तिलाई भने घोक्रेठ्याक लाउनैपर्छ’ बस्यालले भने । 

‘यदि सरकारले यदि सबैको भलो हुने गरी कुनै जायज कुराहरु गर्न राष्ट्र बैंकलाई निर्देशन दिन्छ भने त्यस्तो कुराहरु राष्ट्र बैंकले एउटा संस्थाका रुपमा उक्त निर्देशनलाई कार्यान्वयन गर्नु जरुरी छ तर त्यस्ता जायज निर्देशनहरुलाई पनि राष्ट्र बैंकले कार्यान्वयन गर्दैन भन्छ भने त्यस्ता पदाधिकारीहरुलाई उक्त पदमा राखिराख्न वा बसिरहने कुनै अधिकार छैन त्यस्तो अवस्थामा वहाँहरु पदबाट बाहिर निस्केकै राम्रो ।’ उनले भने ‘राष्ट्र बैंकको अल्टिमेट ड्युटी भनेको सरकारको ओभरअल पोलिसीहरुलाई असफल हुन नदिई वित्तिय अवस्थालाई स्थाई बनाउनु हो, यदि उसले यस्तो जिम्मेवारी बहन गर्न सक्दैन, चाहाँदैन भने उ त्यस्तो जिम्मेवारीबाट मुक्त हुनु जरुरी छ ।’     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको