Like us!
Follow us!
Connect us!
Watch us!

‘३२०० को इन्डेक्स मिनी बुल मात्र हो, वास्तविक बुल आउनै बाँकी छ’

लगानीकर्ताको आवाज

आइतबार, २९ जेठ २०७९, ११ : ४७ मा प्रकाशित

नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता एबं शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सञ्चालक बिरेन्द्र बिष्टले नेप्से परिसूचक ३२ सयको विन्दुमा पुग्ने यो बुल बजारको मिनि बुलमात्र भएकोले अझै वास्तविक बुल आउनै बाँकी रहेको बताएका छन् । 

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा उनले भने ‘विगतदेखिको ईतिहासलाई नै आधार मान्ने हो भने पनि हरेक बुलमा एउटा करेक्सन आउने गरेको देखिन्छ, अहिले पनि विभिन्न कारणले ३२०० को इन्डेक्स २००० सम्म आईपुगेको छ बजार यति तलसम्म त आउनुपर्ने अवस्था थिएन तर पनि मेरो अध्ययन र अनुभवले भन्छ कि अब यो बुलको वास्तविक बुल आउनै बाँकी छ यो खरिद अवसर पनि हो ।’ 

अहिलेको अवस्थामा नेप्से परिसूचक २४०० को विन्दुभन्दा तल आउनुपर्ने अवस्था थिएन तर राष्ट्र बैंकले जसरी मौद्रिक नीति मार्फत सेयर कर्जामा क्याप लगाइदियो त्यसले बजारमा थप सेलिङ प्रेसर बढाउँदा बजारमा थप गिरावट आएको उनको तर्क छ । 

विष्टसँग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको