Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको साधारणसभा आज, लाभांश सहित पूँजी बृद्धिको प्रस्ताव पारित हुँदै

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, ०५ : ५० मा प्रकाशित

नेपाल इन्स्योरेन्सको साधारणसभा आज, लाभांश सहित पूँजी बृद्धिको प्रस्ताव पारित हुँदै

नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको जेठ ६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ७३औँ वार्षिक साधारण सभा आज जेठ ३० गते, सोमबार, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको चैत्र ७ गते बसेको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी २.६ अर्ब पुर्याउने, २ जना सर्वसाधारण र २ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने, बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको