Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, नेप्सेका निवर्तमान सीईओ साउद सञ्चालकमा निर्वाचित

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १७ : ५७ मा प्रकाशित

नेपाल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, नेप्सेका निवर्तमान सीईओ साउद सञ्चालकमा निर्वाचित

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ७३औँ वार्षिक साधारण सभा वार्षिक साधारण सभा आज (जेठ ३० गते, साेमबार) नेपाल पर्यटन बाेर्ड, प्रदर्शनीमार्ग, काठमाडाैँमा सम्पन्न भएकाे छ ।

सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

यसैगरी, सभामार्फत् चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडकाे प्रतिनिधित्व गर्दै संस्थापक सेयरधनी समूहकाे तर्फबाट सञ्चालकमा चन्द्रसिंह साउद निर्वाचित भएका छन् । यस्तै, अग्रिम इन्टरनेशनलकाे तर्फबाट प्रतिनिधित्व गर्दै विष्णु खेतान अग्रवाल र विशाल मिनरल्स एण्ड माइन्सकाे तर्फबाट प्रतिनिधित्व गर्दै निशान्त जोगाईँ  संस्थापक सेयरधनी समूहकाे तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन् ।

 सर्वसाधारण शेयरधनी समहूकाे तर्फबाट प्रतिनिधित्व गर्नेगरी सविता जोशी, अर्जुन पौडेल शर्मा र निशान ढकाल सञ्चालकमा निर्वाचित भएका छन् । 

यसका साथै, सभामा कम्पनीकाे अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी २.६ अर्ब पुर्याउने, बैठक भत्ता र सुविधा पुनरावलाेकन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको