Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सकाे नबिकेकाे हकप्रद बुधबारबाट लिलामीमा आउँदै, कति गर्ने लगानी ?

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १४ : ४३ मा प्रकाशित

समृद्धि फाइनान्सकाे नबिकेकाे हकप्रद बुधबारबाट लिलामीमा आउँदै, कति गर्ने लगानी ?

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भाेलि (असार १ गते, बुधबार) देखि सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

फाइनान्सले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म बिक्री खुल्ला गरेकाे हकप्रदमा आवेदन नपरेकाे संस्थापक समूहकाे ८ लाख ६७ हजार ३ सय ६६ कित्ता र सर्वसाधारण समूहकाे ७३ हजार एक सय कित्ता गरी कूल ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयरहरू यसअघि चैत्र २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । सो अवधिमा बिक्री हुन नसकेको संस्थापक समूहकाे ७ लाख ७२ हजार ६ सय ६६ कित्ता सेयर फाइनान्सले अहिले फेरि लिलामी मार्फत् बिक्री गर्न लागेकाे हाे । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले असार १ गते बुधबारदेखि असार ९ गते, बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ, बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामाेड, धनुषा, हेटाैँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घाेराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट, ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट र  समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको