Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १५ : ३५ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिकाे अध्यक्षमा अर्जुन शर्मा पौडेल चयन भएका छन् ।

कम्पनीकाे हिजाे (जेठ ३० गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठककाे निर्णय बमाेजिम कम्पनीकाे सञ्चालक समितिकाे अध्यक्ष पदमा अर्जुन पाैडेल शर्मा सर्वसम्मतीबाट चयन भएका कम्पनीले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ । 

हिजै सम्पन्न भएकाे कम्पनीकाे वार्षिक साधारण सभाबाट चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडकाे प्रतिनिधित्व गर्दै संस्थापक सेयरधनी समूहकाे तर्फबाट सञ्चालकमा चन्द्रसिंह साउद निर्वाचित भएका छन् । यस्तै, अग्रिम इन्टरनेशनलकाे तर्फबाट प्रतिनिधित्व गर्दै विष्णु खेतान अग्रवाल र विशाल मिनरल्स एण्ड माइन्सकाे तर्फबाट प्रतिनिधित्व गर्दै निशान्त जोगाईँ  संस्थापक सेयरधनी समूहकाे तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन् ।

सर्वसाधारण शेयरधनी समहूकाे तर्फबाट प्रतिनिधित्व गर्नेगरी सविता जोशी, अर्जुन पौडेल शर्मा र निशान ढकाल सञ्चालकमा निर्वाचित भएका छन् । 

62a85b70002dd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको