Like us!
Follow us!
Connect us!
Watch us!

५५ लाख प्रति टोकन परेकाे बिटक्वाइनको भ्यालु अहिले २५ लाखमा झर्याे

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १३ : ५२ मा प्रकाशित

५५ लाख प्रति टोकन परेकाे बिटक्वाइनको भ्यालु अहिले २५ लाखमा झर्याे

अहिले विश्व अर्थतन्त्रनै मन्दी तर्फ अगी बढिरहेको छ । विश्वका विभिन्न राष्ट्रहरूको सेयर बजारमा निकै गिरावट आइ रहेको छ साथै विभिन्न क्रिप्टाेकरेन्सीको भ्यालु पनि निरन्तर रूपमा घटिरहेको छ। पछिल्लो २४ घण्टामा ६.९८% ले लोकप्रिय क्रिप्टाेकरेन्सी बिटक्वाइन भ्यालु घटेको छ।

पछिल्लो एक हप्तामा बिटक्वाइनकाे भ्यालु पछिल्लो २४ घण्टामा ३०.५५% ले घटेको छ। अहिले क्रिप्टाेकरेन्सी, १ बिटक्वाइन २१११०.०१ अमेरिकी डलर को मूल्य भ्यालुमा आएको छ। 

क्रिप्टाेकरेन्सी एथेरियम को भ्यलुमा पनि तिव्र गिरावट देखिएको छ। पछिल्लो २४ घण्टामा भ्यालुमा ७.७७% को गिरावटले १११४.४१ अमेरिकी डलरको भ्यालुमा बाजार आइपुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको