Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

विहीबार, ०२ असार २०७९, ०७ : ४९ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य कति ?

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न व्यक्तिहरुको नाममा रहेको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि एक सूचना प्रकाशन गर्दै कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले ३५० रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । 

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले असार ८ गते बैंकिङ  समयभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई कम्पनीको बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलको केन्द्रीय कार्यालय बबरमहल काठमांडौमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62aa901256397.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको