आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ( आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरकाे ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
कति दिने आवेदन ?
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले छिटोमा असार ५ गतेदेखि ढीलोमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
रेटिङ कति ?
इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘केयर एनपी–आईआर बी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।
को हो बिक्री प्रबन्धक ?
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस