Like us!
Follow us!
Connect us!
Watch us!

बिटक्वाइनमा लगानी : ४ वर्षमै बालुवामा पानी

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १५ : ४३ मा प्रकाशित

बिटक्वाइनमा लगानी : ४ वर्षमै बालुवामा पानी

पछिल्लो समयमा क्रिप्टोकरेन्सीको लोकप्रियता बढ्दै गएको थियो। क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको संख्या निकै बढेको थियो र विश्वभर यसको वैधानिकताको बहस चलिरहेको थियो। 

काभिड समयमा उच्च रूपमा बढेको बाजार, यसको अन्त्यसँगै पछिल्लो ७ महिनामा यसको मूल्य निरन्तररुपमा घटिरहेको छ। विश्व अर्थतन्त्र संकुचनमा आएसँगै यसको मूल्यमा गिरावट देखिएको पनि छ। नोभेम्बर,१०-२०२१ मा सर्वाधिक ६९ हजार ५३० अमेरिकी डलर सर्वाधिक मूल्यमा पुगेको बिटक्वाइनको अहिले १८ हजार ५९६ अमेरिकी डलरमा आएको छ। 

अहिलेको अमेरिकी डलरको विनिमय दरको आधारमा भन्दा रु ८५ लाख बढी मूल्यमा पुगेको थियो तर अहिले २३ लाखको मूल्यमा आएको छ। करिब ६० लाख बढी नेरुको गिरावट आए सँगै बिटक्वाइन २०१७ नोभेम्बरको आँकडा पुगेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको