Like us!
Follow us!
Connect us!
Watch us!

बैङ्कहरूको निक्षेप ७.३७ प्रतिशतले बढ्यो, निक्षेप सङ्कलन र कर्जा प्रवाहमा नेपाल बैङ्क पहिलो

अर्थ संसार

बुधबार, ०८ असार २०७९, ०६ : ३१ मा प्रकाशित

बैङ्कहरूको निक्षेप ७.३७ प्रतिशतले बढ्यो, निक्षेप सङ्कलन र कर्जा प्रवाहमा नेपाल बैङ्क पहिलो

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड निक्षेप सङ्कलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । 

चालू आर्थिक वर्षको जेठ महिनासम्ममा नेपालका २७  वटा वाणिज्य बैङ्कहरूमध्ये निक्षेप सङ्कलन वृद्धिका आधारमा नेपाल बैङ्क प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिका आधारमा पनि बैङ्क पहिलो स्थानमा रहेको छ । गत जेठ महिनासम्ममा नेपाल बैङ्कको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएकोमा कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि भएको छ  । 

२७ वाणिज्य बैङ्कमध्ये २१ वटा वाणिज्य बैङ्कहरूको निक्षेप वृद्धि भएकोमा छ वटा वाणिज्य बैङ्कहरूको निक्षेपमा गिरावट भएको छ । वाणिज्य बैङ्कहरूको औसत निक्षेप वृद्धिदर ७.३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैङ्कहरूको कर्जा विस्तारमा वृद्धि भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको