Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालयको शौचालयलाई सार्वजनिक बनाउने

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १५ : ५९ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालयको शौचालयलाई सार्वजनिक बनाउने

सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालयको शौचालयलाई सार्वजनिक बनाउने भएकाे छ ।

काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेकाले काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने निर्णय गरेकाे हाे । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट नुर निधि न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् ।

केन्द्रीय कार्यालय बिहान ९.३० बजेदेखि ५ बजेसम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने बैंकले जनाएकाे छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको