Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले बजेटमार्फत लिएका लक्ष्यहरू पूरा हुने अवस्था छैन : अर्थशास्त्री गौचन

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १६ : २७ मा प्रकाशित

सरकारले बजेटमार्फत लिएका लक्ष्यहरू पूरा हुने अवस्था छैन : अर्थशास्त्री गौचन

अर्थशास्त्री डा. विश्वास गौचनले सरकारले बजेटमार्फत लिएका नीतिहरु पूरा हुने अवस्था नभएको बताएका छन् । उनले बिजमान्डूले आयोजना गरेको आगामी मौद्रिक नीतिका बारेमा बृहत छलफल कार्यक्रममा बाेल्दै यस्ताे बताएका हुन्। 

उनले भने, 'सरकारले अहिले बजेटमार्फत महत्वकांक्षी योजना प्रस्तुत गरेको छ यो अवस्थामा यो लक्ष्यहरू पूरा हुन अफ्ठ्याराे छ। बाह्य विषयको प्रभावका कारण लक्ष्य पुरा हुने गाह्रो पर्दछ।'

कार्यक्रममा राष्ट्र बैंकले बैंकको ब्याजदरलाई पोलिसीको टूलको रूपमा नलिएको उनले बताए । अहिले सरकारले अस्सेम्बलिङ इन्डस्ट्रिलाई दिएको छुट कम गर्नुपर्ने , मौद्रिक नीतिले स्थायीत्वको लागि पहल गर्नुपर्ने हुँदा मौद्रिक नीति कसिलो आउने गरेको र जग्गा कारोबारले अर्थतन्त्रलाई धरासायी पारेको उनले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको