Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर अधिकारी भन्छन्, 'जोखिम उठाउनेले परिणाम भोग्न तयार रहनुपर्छ'

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १६ : ५७ मा प्रकाशित

गभर्नर अधिकारी भन्छन्, 'जोखिम उठाउनेले परिणाम भोग्न तयार रहनुपर्छ'

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी, व्यवसायी तथा बैंकर सबैले आ-आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने बताएका छन्। आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति कस्तो हुनुपर्ला भन्ने विषयमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सबैजना जिम्मेवार भए अहिले देखिएका समस्याहरु समाधान हुन धेरै समय नलाग्ने पनि बताए।  

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा तथा उद्योग वाणिज्य परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गोल्छाले सिडी रेसियो लाई परिमार्जन गरिनुपर्ने, सेयर धितो कर्जामा लगाईएको ४/१२ को क्यापमा पुनर्विचार गरिनुपर्ने, कन्ट्री रेटिङ्ग गरिनुपर्ने जस्ता सुझावहरु दिए भने बिष्णु कुमार अग्रवालले तरलता तथा वैदेशिक व्यापार घाटालाई सम्बोधन गर्ने किसिमको नीति आवश्यक रेहको बताए। सेयर बजार अत्याधिक घटिसकेकाले राष्ट्र बैंकले अब सेयर बजारप्रति नरम नीति ल्याउनु आवश्यक रहेको सुझाव दिए। 

सहभागीहरुको सुझावहरुमाथि प्रतिक्रिया दिंदै गभर्नर अधिकारीले हिजो कोभिडको समयमा उद्योगी व्यवसायीहरुलाई समस्या परेको बेला राष्ट्र बैंकले सहुलियत प्रदान गरेको स्मरण गराउँदै अहिले अवस्था फरक रहेको कुरा मध्यनजर गर्न अनुरोध गरे। '२ वर्षअघि कोभिडको बेला जस्तो अवस्थामा हुनुहुन्थ्यो अहिले पक्कै पनि त्यो भन्दा धेरै राम्रो अवस्थामा हुनुहुन्छ ' भन्दै गभर्नरले बैंकिंग सेक्टरबाट गएको त्यत्रो ठूलो ऋण उद्योगी व्यवसायीहरुले नै चलाईरहको र उद्योगीले म जोखिम लिन्छु भन्ने मनसायले नै ऋण लिने हुनाले कहिलेकाहीँ घाटा व्यहोर्न पनि तयार हुनुपर्ने बताए।  

राष्ट्र बैंकले मुलुकको समग्र अवस्थालाई मध्यनजर गर्दै देश, जनता र अर्थतन्त्रलाई शिरमा राखी आगामी मौद्रिक नीति ल्याईने पनि गभर्नर अधिकारीले बताएका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको