Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम, कुनमा कति ?

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १४ : ०८ मा प्रकाशित

टेलिकमको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम, कुनमा कति ?

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २ हजार ५ सय रूपैयाँ रहेकोमा अब एक हजार ६ सय रूपैयाँ मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २ हजार ३ सयबाट घटाएर १ हजार ६ सय रूपैयाँ नै कायम गरिएको छ । 

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २ हजार १ सय रूपैयाँ र १ हजार ९ सय रूपैयाँ रहेकोमा अब दुवैको महशुल दर १ हजार ५ सय रूपैयाँ कायम गरिएको छ । 

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २ हजार ७ सय रूपैयाँ रहेकोमा अब २ हजार ४ सय रूपैयाँ, ११ देखि १०० एमबीपीएसको २ हजार ४ सय रूपैयाँ रहेकोमा अब २ हजार १ सय रूपैयाँ र १०० एमबीपीएस भन्दा बढीको २ हजार १ सय रूपैयाँ रहेकोमा अब १ हजार ८ सय रूपैयाँ कायम गरिएको छ । 

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका माग अनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ । 


 

62b42462c15ba.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको