Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

अर्थ संसार

शुक्रबार, १० असार २०७९, १८ : ३३ मा प्रकाशित

पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको करलाई ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । 

प्रकाश रसाइली संयोजक रहेको  बजार अनुगमन उपसमितिले शुक्रबार सरकारलाई पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुँदा सम्मका लागि विभिन्न शीर्षकमा लिँदै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको हो ।

‘पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी जनतालाई उपलब्ध गराउन विद्यमान अन्तर्राष्ट्रिय परिवेशबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन दिने’ उपसमितिका संयोजक प्रकाश रसाईली स्नेही र समिति सचिव शिवदत्त बरालले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ। 

62b5b3bcc6cee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको