नेपाल पुनर्बीमा कम्पनीले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको १६.५ प्रतिशत बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा गरिएको जनाएको छ ।
कम्पनीले २०७८ पुस १३ गतेसम्म सेयर अभौतिकिकरण गराएका लगानीकर्ताको खातामा सेयर पठाईएको र सो मिति भन्दा पछि सेयर अभौतिकिकरण गराएकालाई क्रमश सेयर पठाईने कम्पनीले जनाएको छ । सेयर अभौतिकिकरण नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ । सेयर रजिष्ट्रार आरबीबी मर्चेन्टमा गई सेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ ।
सेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस सेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस