Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासन गर्न बरुण हाइड्रोले पायाे बाेर्डबाट अनुमति

अर्थ संसार

बुधबार, १५ असार २०७९, १२ : १७ मा प्रकाशित

हकप्रद निष्कासन गर्न बरुण हाइड्रोले पायाे बाेर्डबाट अनुमति

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । 

कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १:१ काे अनुपातमा २६ कराेड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरकाे २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न जेठ ११ गते सेबाेनमा निवेदन दिएकाे थियाे । बाेर्डले आज (असार १५ गते, बुधबार) हकप्रद निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धककाे काम आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडले गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको