Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसाय तर्फ युवाको बढ्दो आकर्षण : पोखरामा साथीमार्टको नयाँ आउटलेट

अर्थ संसार

बुधबार, १५ असार २०७९, १६ : ३२ मा प्रकाशित

व्यवसाय तर्फ युवाको बढ्दो आकर्षण : पोखरामा साथीमार्टको नयाँ आउटलेट

पोखराको बाटुलेचौर – १६ मा नेपालकै ठूलो रिटेल चेन साथीमार्टको अर्को नयाँ फ्रेन्चाइज आउटलेट सञ्चालनमा आउने भएको छ । 

केही समय अघिमात्र स्नातक तहको शिक्षा हासिल गरेका कुमार गुरुङले साथीमार्टको फ्रेन्चाइज लिएर मार्ट सुरु गर्न लागेका हुन् । उक्त आटलेट असार १६ गते बिहीबारका दिनदेखि सञ्चालनमा आउनेछ ।

‘पढाई सकेर उच्च शिक्षा हासिल गर्न विदेश जाने र उतै सेटल हुने नेपाली प्रवृत्तिलाई अस्वीकार गर्दै नेपालमै केही व्यवसायमा संलग्न हुन खोजेको हुँ,’ गुरुङ भन्छन् ‘थुप्रै मार्केट रिसर्च गरेर कुन सेन्टरमा हात हाल्ने भनेर बुझ्दै जाँदा, बाहिर देशमा रिटेल व्यवसायमा मार्ट एकदमै फस्टाएको देखेँ । आफ्नो भूमीमा पनि सोही सुविधा उपलब्ध गराउने मेरो चाहना हो ।’

८ सय स्क्वायर फिटको उक्त आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वेयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको