Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १४ : २२ मा प्रकाशित

आदर्श लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले असार १ गतेदेखि असार ५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड असार १३ गते, साेमबार सम्पन्न भइसकेकाे छ । 

संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय २२ रूपैयाँ ८८ पैसादेखि अधिकतम ३ सय ६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

संस्थाकाे आर्थिक वर्ष २०७७/७८ को  प्रतिसेयर नेटवर्थ एक सय २२ रूपैयाँ ८८ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३ सय ६८ रुपैयाँ ६४ पैसा हुन्छ ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

गाेलाप्रथाद्वारा वितरण गर्दा कुल ६ हजार २ सय ६१ जना लगानीकर्ताहरुले मात्रै सेयर प्राप्त गरेका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको