Like us!
Follow us!
Connect us!
Watch us!

बिजबजारको '२० मा बिज' क्याम्पेनमा सपिङ गर्दा स्मार्टफोन जितिने

अर्थ संसार

आइतबार, १९ असार २०७९, ११ : ५८ मा प्रकाशित

बिजबजारको '२० मा बिज' क्याम्पेनमा सपिङ गर्दा स्मार्टफोन जितिने

बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको असार महिनाको Campaign असार १९ गते राती १२ बजेदेखि २२ गतेसम्म live हुने भएको छ।

यही असार २० गतेका दिन बिजबजारले अपराह्न ४ बजेदेखि राति ८:२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

यस Campaign अन्तर्गतको Save Big योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र, (Flat Amount Discount) भारी रकम छुट प्राप्त गर्न सक्नेछन् भने Luckyमानी योजना अन्तर्गत कम्तीमा रु ३,००० बराबरको सामान खरिद गर्ने सेवाग्राहीहरू मध्ये एक  भाग्यशाली ग्राहकले लक्किड्र मार्फत उपहार स्वरूप स्मार्टफोन प्राप्त गर्नेछन्।

त्यसैगरी असार २० गते, बिजबजार ई–कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकहरूले रु १२० बराबरको Discount Coupon प्राप्त गर्नेछन्। त्यस्तै सेवाग्राहीहरूले बिजबजारकाे अफिसियल सामाजिक सञ्जाल तथा वेबसाइटमा प्रतिक्रिया (Review) दिँदा रु १०० बराबरको मोबाइल टप अप समेत प्राप्त गर्नेछन्।

अर्को योजना पानी पर्याे अफर झर्याे अन्तर्गत २० जना भाग्यशाली सेवाग्राहीहरूले बिजबजारकाे तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन्। Catch & Win खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने Guess the product खेल खेल्दा मोबाइल टप अप समेत प्राप्त गर्न सक्नेछन्।

सँगसँगै सो Campaign का दिन "यसमै छ खुसी" योजनामा अफरहरूको टाइमर सेट हुनेछ जस्मा सेवाग्राहीहरूले समय अनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्नेछन् । साथै Health & Beauty, Go Sports Crazy, Baby Deals जस्ता अन्य अफर र योजनाहरू समेत रहेका र २० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको