Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नै समस्याको समाधान खोज्दा जन्मिएको ‘न्युम्यु’, ५० हजारमा सुरु भएको ७ वर्षमै करोडौँ !

धिरज पौड्याल

सोमबार, २० असार २०७९, १४ : ०८ मा प्रकाशित

आफ्नै समस्याको समाधान खोज्दा जन्मिएको ‘न्युम्यु’, ५० हजारमा सुरु भएको ७ वर्षमै करोडौँ !

सानै उमेरदेखि व्यवसायमा रुची राख्ने असीम थापाले स्नातक सकेपछी उद्यम गर्ने सोच बनाए, उद्यम गर्ने साेच बनाएपनि उनिसंग के गर्ने, कसरी गर्ने भन्ने कुनै याेजना भने  थिएन । 

‘विद्यालय जीवनमा विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रमको नेतृत्व गरिरहेको हुन्थेँ, विभिन्न इभेन्ट आयोजना गरी उक्त कार्यक्रम बाट पैसा कमाउने मेरो सोच हुन्थ्यो। कलेजमा डान्स पार्टी लगायतका कार्यक्रम आयोजना गरिरहँदा वित्तीय व्यवस्थापनबारे राम्रो ज्ञान हुँदै थियो, स्नातकको अध्ययन सकेपछी इकमर्श गर्ने सोचमा थिँए,’ असीम बताउँछन् । 

‘त्यसबेला नेपालमा ईकमर्स संख्यात्मक रुपमा बढ्दै गएका थिए, आफुपनि त्यही संख्याको हुलमा प्रवेश गर्दा गुणस्तरिय सेवा दिन्छु भन्ने अठोटमा थिए, नेपालमा फेसनको व्यवसाय बढ्दै थियो, कपडाको व्यवसाय गर्ने अठोट गरेँ’, उनी थप्छन्। 

‘कपडा बेलायतबाट आयात गरेर नेपालमा बेच्ने काम गर्थेँ, व्यवसायिक परिवारबाट नभएको हुँदा व्यवसायका विभिन्न आयाममा चुकेको थिए। समान आयात गरेर व्यवसाय सञ्चालन गर्न समस्या थियो। यो व्यवसायको स्तरोन्नतिको ( Scalability ) को सम्भावना न्यून देखेपछि व्यवसाय परिवर्तन गर्ने सोचमा पुगेँ,’ उनले भने ।

उनले भने, ‘सानोमा आँखामा समस्या थियो, कक्षा ६ मा अध्ययन गर्दादेखि चस्मा लगाउँदै आएको थिए, त्यसबेला नेपालमा सीमित मात्रामा चस्माको व्यवसाय थिए, चस्मा बनावट देखि किन्ने प्रक्रिया झन्झटिलो, अफ्ट्यारो र महंगो थियो। यो प्रक्रिया अफ्ट्यारो लागेकै कारण मैले आँखाको सर्जरी गरे। आँखाको सर्जरी पश्चात सुरक्षाको लागि सुन ग्लास लगाउनु पर्ने थियो, सनगलासको मूल्य नेपालमा त्यतिबेला ओभरप्राईसड थिए र मूल्य अनुसारको गुणस्तरमा चस्मा उपलब्ध थिएनन्। व्यवसाय परिवर्तन गर्न खोजेको म सनग्लासको व्यवसाय गर्ने सोचमा पुगेँ, चस्मा लगाइरहेको अनुभव पनि थियो, Easy to Carry भएको हुँदा बेच्न पनि सहज हुने थियो।’ 

उनी थप्छन्, ‘लुगाबाट चस्माको व्यवसायमा प्रवेश गर्दै थिएँ, व्यवसाय सञ्चालन गर्ने लगानी पूँजी पनि पर्याप्त थिएन। पाटनमा विद्यालयका साथी अमरसँगको भेटमा व्यवसायको योजना सुनाए। अमर स्नातकमा इकमर्श अध्ययन गरेका थिए उनीसँग प्राविधिक ज्ञान थियो दुवैले २५ २५ हजारको लगानीबाट न्यूम्यु सुरु गर्यौ।’

‘त्यसबेला नेपालमा प्रोपर चस्माको व्यवसाय थिएनन्, बजारको लागि हामी नयाँ सुरुवात थियौं। वजार मूल्यभन्दा ४०% कम मूल्यमा चस्माहरु बिक्री गर्थ्याैँ। त्यसबेला हामी अनलाइनमा आवद्ध थियौं र अन्य ब्रान्डका चस्माहरु बिक्री गरेका थियौं। नेपालमा अनलाईन शपिङ्ग र इकमर्स जुन संख्यामा बढिरहेका थिए त्यही संख्यामा अनलाइन शपिङ्गप्रतिको विश्वास हराउँदै गएको थियो। हामी अनलाइन शप भन्दा परिष्कृत हुने योजना बनायौँ र एउटा ब्राण्डको रूपमा स्थापित हुने योजना बनायौं। ब्राण्ड बनाउँदै गर्दा मुख्य कुरा थियो नाम, हामीले नाम राख्न धेरै नामहरू सोच्यौँ, ‘न्यूम्यु’ नेवारी भाषाको "न्याउ मेहु" भन्ने शब्दबाट लियौं जसको अर्थ किनबेच हो।’, उनी बताउँछन्। 

उनले थपे, ‘हामीले न्यूम्यु सुरु गर्दा ग्राहकहरुले हाम्रो सेवा मन पराएका थिए र कुनै त्रुटि देखिएपनि उनीहरू सल्लाह र सुझाव दिइरहन्थे, हामीलाई हाम्रो सेवा गुणस्तरिय बनाउन सहज भइरहेको थियो।’

‘व्यवसाय सुरु गरेको पहिलो वर्ष हामीले डिजिटल एड सञ्चालन गरी सेवा विस्तार गर्यौ, हामीलाई बजारमा ब्रान्डिङ् गर्न चुनौती थियो, हामीले Affordable Eyeware भनी बजारमा ब्रान्डिङ् गर्यौ। नयाँ नयाँ ट्रेन्डमा काम गर्यौ र मानिसहरूलाई Eyeware बारे जनचेतना सँगसँगै दिँदै गयौं। नेपालमा चस्माबारे मिस्कन्सेप्सन थियो हामीले त्यस मिस्कन्सेप्सनलाई हटाउन चाहन्थ्यौं। गलासको चस्मा मात्र राम्रो हो भन्ने मानोबिज्ञान थियो, दुर्घटनामा हुँदा चस्माको कारण आखामा समस्या बढी देखिन्थे हामीले फ्याब्रिक चस्माको उपयोगिता बारे जनचेतना फैलायाैँ।’, उनले भने ।

उनी भन्छन्, ‘चस्माको व्यापार सञ्चालन गर्दा गर्दै हामी ब्रेकइभन पोइन्ट पुगेका थियौं। केही समय व्यापारको भविष्यको अन्योलता देखिएको थियो हामीले त्यस समयमा व्यवसाय स्केल गर्न नेपालमा भ्लगहरु बढ्दै थिए, प्याराडायम टिभी, गिरीश खतिवडा लगायतका युट्युबरसँग सहकार्य गर्यौ जसले २०१८ मा कस्टोमर ट्राफिक राम्रो बन्यो र घरको छेउमा स्टोर राख्यौ र बेच्न थाल्यौ। युट्युब ब्रान्डिङ्गले ग्राहकको विश्वास जित्न मद्दत गर्यो।’

‘हामीसँग अन्य प्रोडक्ट हरुपनि थिए तर बिजनेसको साइज बढ्दै जाँदा समस्याहरू पनि बढ्दै गएको थियो, त्यसबेला न्यूम्यु चस्माको ब्रान्डको भन्ने छाप ग्राहकमा परिसकेको थियो सेलको कुरा गर्दा चस्माबाट ८०% सेल आइरहेको थियो भने २०% सेल अन्य वस्तुबाट आइरहेको थियो। हामीले व्यवसाय स्पेसिफिक गर्नेमा केन्द्रित भयौं।’, उनले बताए ।

 उनी भन्छन्, ‘व्यवसायको सुरुवातको पहिलो दुई वर्ष व्यवसाय गर्न रमाईलो लागिरहेको थियो त्यसपछि बने व्यवसाय कसरी अगाडि बढाउने बारे समस्या आउन थाले, सीमित लगानीमा व्यवसाय सञ्चालन गरेका थियौं चुनौती यत्तिकै पनि थियो। २-३ वर्षमै मनग्य कमाउन सक्छौँ भन्ने लागेको थियो, हाम्रो योजना भने क्लियर थियो लो स्यालरीमा काम गरी व्यवसाय अगी बढाएका थियौं। आएको नाफा व्यवसाय रि इन्भेष्ट गरेका थियौं तर हामीले हेर्दा हाम्रो व्यवसायको साइज मात्र वृद्धि भएको थियो आफ्नो भने त्यस्तो परिवर्तन आएको थिएन। साथीहरुले राम्रो गरिरहेका थिए त्यसबेला साथीसँग तुलना गर्दा गल्ती गर्यौ।’

व्यवसाय सुरु गर्न लागेका उद्यमीलाई सुझाव दिँदै उनी भन्छन्, ‘व्यवसाय गरेर १ २ वर्षमै कमाउँछौ भन्नु wrong कन्सेप्ट हो। पैसा, बिजनेस र ब्रान्ड भन्ने कुरा कम्पाउन्ड हुँदै जाने कुरा हो। व्यवसाय सुरु गर्दा न्यूनतम ५ वर्षसम्म सञ्चालन गर्ने योजनामा रहनुपर्छ र ब्यबसाय ५ वर्षसम्म सञ्चालन भएपछि बिजनेस आफैँ बढ्दै जान्छ।’

‘व्यवसाय गर्दा पार्ट टाइम समयमा व्यवसाय गर्छु भन्दा पनि व्यवसायलाई आवश्यक समय दिनुपर्छ। नन् बिजनेसबाट आएकाहरुलाई फाइनान्स बारे wrong कन्सेप्ट रहन्छ। बिजनेस कसरी चलाउने पैसा कसरी व्यवस्थापन गर्ने बारे कुरा भिडियो हेर्नुभन्दा पनि व्यवसाय सञ्चालन गर्नु अघि फिल्ड मै काम गर्नुपर्छ। सीमित स्रोत साधनको सही उपभोग र सही ठाउँमा लगानी गर्दा त्यो अनुभव मिल्छ।’ उनी बताउँछन् । 

उनले भने, ‘इकोनोमिक अफ स्केल नहुँदा अहिले नेपालमै उत्पादन गर्न असमर्थ रहेका छौँ, विदेश जानेहरु नेपालबाट हाम्रो ब्रान्डको चस्मा खरिद गरेर लैजान्छन् र हाम्रो चस्मा लगाउँछन्। छिट्टै नेपालमै प्रोडक्सन गर्ने योजनामा छौं, हामी पैसा कमाउने भन्दापनि बिजनेस बढाउने सोचमा छौ। बिजनेसमा गरेको इन्भेष्टमेन्ट भ्यालुमा रुपान्तरण भइरहेको छ । नेपालमा आँखा सम्बन्धी जनचेतना फैलाइरहेको छौँ र आइवेर इकोसिस्टम तयार गरिरहेका छौँ। अब चस्मा सँगै नेपाली पहिचान र सुन्दरताको प्रचार गर्ने योजनामा छौं। व्यवसाय सुरु गर्दा न्यू म्यु चस्माको स्टोरमा मात्र सीमित हुन्छ जस्तो लागेको थियो अहिले ब्रान्ड बनाउन सफल भएका छौं।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको