Like us!
Follow us!
Connect us!
Watch us!

‘हामीलाई सधैँ गलत राष्ट्रवादले कब्जामा राख्यो, भारतलाई गाली गर्दैमा देश बन्दैन’

धिरज पौड्याल

बुधबार, ३० कार्तिक २०७९, १६ : ३५ मा प्रकाशित

‘हामीलाई सधैँ गलत राष्ट्रवादले कब्जामा राख्यो, भारतलाई गाली गर्दैमा देश बन्दैन’

पछिल्लो समय नेपालको राजनीतिक रूपमा विभिन्न उतारचढाव देखिन थालेका छन्। राजनैतिक परिवर्तनको प्रयास विभिन्न बर्षबाट हुँदै आए अहिले स्थापित राजनीतिज्ञलाई नयाँ व्यक्तिहरू राजनीतिमा प्रवेश गर्दै परास्त गर्न लागिरहेका छन। 

आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन मंसीर ४ गते हुँदैछ । निर्वाचनको मैदानमा अहिले रोचक प्रतिस्पर्धा चलिरहेको छ मैदान बहिरपनी NoNoTAgain लगायतका विभिन्न किसिमका क्याम्पेनहरु देखिरहेका छन् । अहिले मतदाता तथा सर्वसाधारण बीच राजनीतिक पुस्तान्तरण वैचारिक बहसको विषय बनिरहेको छ। 

के अहिलेको युवाको आकांक्षा अनुरूप नीति निर्माण हुन सक्ला त ?, स्थापित राजनीतिज्ञले भन्ने सडक निर्माणको विकास के नीति निर्माणमा सर्लात ? यी लगायत यस्तै विविध विषयहरुमा युवाहरू अहिले प्रश्न सहितको उत्तर खोजिरहेका छन र हामी पनि यो प्रश्न र र प्रतिक्रिया खोजी रहेका छौ। यो लेखमा उद्यमी किरण तिमसीना सँग गरेको संवाद प्रस्तुत गरेका छौ। 

मध्यवनेश्वर स्थीत किरणको उद्यम UG cakes मा पुग्दा किरण दैनिक कर्यमानै व्यस्त थिए। सिस्टम बाट स्वचालित रूपमा ग्राहकको अर्डर लिने देखि Cake को डेलिभरी आफै हुने गर्दछ। 

पछिल्लो समय किरण राजनीतिक रूपमा सक्रिय देखिन्छन्। पोलिसी निर्माणका बहसमा सहभागी हुँदै आएका किरण अहिले आफै राजनीतिको तयारी गरिरहेका छन्। पछिल्लो समयको राजनैतीक सक्रियतालाई जोड्दै हामी संवाद सुरु गर्यौ।

हामी छलफललाई अगाडि बढाउछौ: पछिल्लो समय राजनीतिमा उच्च सक्रिय देखिनुभएको छ, तपाइकाे राजनीतिक यात्राको सुरुवात कसरी भएको थियो पछिल्लो समय उच्च रूपमा सक्रिय देखिनुभएको छ भन्ने हाम्राे प्रश्नमा उनले भने “म केही वर्ष यता राजनीतिक रूपमा सक्रिय छैन, वि.स २०६८ साल तिर नेपालमा एउटा परिवर्तनको तरङ्ग देखिन थालेको थियो, राज्य लोकतन्त्रको पाँचौं वर्षमा राज्यको आफ्नै संविधान थिएन, युवाहरुमा बौद्धिक पलायन वढ्दो क्रममा रहेको थियो, राज्यमा बस्ने कारण के हो त्यो युवाहरू खोजिरहेका थिए त्यसवेला राजधानी सहित देशव्यापी रूपमा विद्रोह रूपी आन्दोलन Come On Youth Stand Up नामक प्रोटेष्ट चलिरहेको थियो जसमा देशभरका युवाहरुको सहभागिता रहेको थियो। उक्त विद्रोहको सहनेतृत्त्वमा थिए उद्यमी किरण तिमसीना। 

“नेपालमा केही गर्न खोजिरहेका थियौं केही गर्ने वातावरण थिएन हामी समाधान खोजिरहेका थियौं, नेपालमा केही गर्न सम्भव बनाउन प्रोटेष्टमा सहभागी रहेका थियौं।”किरण बताउछन। 

पछी त्यसरी हुँदै आएका विद्रोहमा ठूलो सहभागिता हुँदै आएको थियो र स्व. उज्ज्वल थापाको नेतृत्वमा उद्यमशीलता विकास र नीति निर्माणका दबाबका लागि विभिन्न प्रयासहरू भएँ। आन्दोलनको केही समय पश्चात म विद्रोह बाहिर निस्के र नेपालमै केही गरेर देखाउँछु भन्ने उद्देश्यले उद्यमशीलताको यात्रामा अगाडी बढे। उद्यामी अनुकूल नीति नहुँदा त्योबेला देखि हालसम्म पनि आफू लगायत अरु उद्यमीले दुःख पाउँदै आएको उनी बताउछन। 

उद्यमीको रूपमा सफल हुनुभयो, २०११ मा राजनीति सुरु गरेर छिट्टै बिट मर्नुभयो अहिले सक्रियता उच्च छ तपाईंको, तपाईलाई राजनीतिमा आउन बाध्य कसरी बन्नुभयो , मैले मेरा प्रश्नहरू राख्दै गए। 

मेरा प्रश्नहरूकाे उत्तर दिँदै “नेपालमा केही गर्न सकिँदैन भन्ने अवस्थामा राज्यको चाहेको सहयोग नपाउँदा नपाउँदै केही गर्न सक्षम बनियो, अब राज्यले बनाउँदैन भन्दा भन्दै आफै वा युबा बुझेको मान्छे त्यहाँ सम्म पुर्याएर राज्यले उद्यमलाई सहयोग गर्ने नीति बनाउन प्रेरित गर्ने हो, उनी बताउछन। 

किरण अहीले सक्रिय रूपमा काठमाण्डौ क्षेत्र नं १ ‘ख’ का  स्वतन्त्र उम्मेद्धार सुरज राज पाण्डेको पक्षमा सक्रिय रहेका छन भने अन्य सक्षम उम्मेदवार बुझाउन उनी अग्रसर देखिन्छन्। 

सन २०२०, २०२१ मा नीति निर्माणका लागि हुने पोलिसी मीटिंग फोरम हरुमा राज्यका विभिन्न निकायमा सहभागिता जनाए हरेक क्षेत्रमा उद्यमशीलताका क्षेत्रका चुनौती र नीतिले उद्यममा पारिरहेको प्रभावका लागि बहस गर्यौ हामीले बहसको समयमा राज्यपक्ष बाट राम्रो प्रतिक्रिया पाइरहेका हुन्थ्यौं तर ति प्रतिक्रिया आश्वासन मात्र रहेछन नीति आउने समयमा कहिले पनि हामी र उद्यमलाई सम्बोधन हुँदैनथ्यो। । अस्थिर नीतिका कारण उद्यमीहरुले वर्षेनी दुःख पाइरहेका थिए र छन। उनी बताउछन। 

हाम्रा सबै राजनीतिज्ञ आजका लागी नीति बनाउने गर्छन जसले गर्दा नीतिले नै हामीलाई समय भन्दा अगाडि बढ्ने माैका नै दिँदैन, राजनीतिमा आगामी भविष्य भन्दापनि विगतमा आधारित रहन्छन्, हामी अहिले ५ वर्ष पुरानो नीतिमा काम गर्न बाध्य छौ जब कि नीति समय भन्दा अगाडि रहनुपर्छ उनले भने ।  

म अहिले बुझेको मान्छे संसद्मा पुग्नुपर्छ भन्नेमा छु। उद्यमी संसद्मा पुग्दा उद्यमीले नीति निर्माणमा भविष्य देखेर अनुकूल नीति बनाउने गर्दछ। उद्यमीले आजको लागि भन्दा पनि भविष्य के हुन्छ भन्नेमा व्यापार गर्छन। उद्यमीहरु नेपाल भन्दा अन्तराष्ट्रिय रुपमा के हुँदै छ त्यस विषयमा आधारित रहँदा प्रभावकारिता बढ्छ। उद्यमीले जसरी व्यापार गर्दछ, नाफा आर्जन गर्छ, व्यवस्थापन गर्दछ राष्ट्र पनि उद्यम जस्तै हुन्छ, बुझेको र राम्रो ज्ञान र एक्सपोजर भएको व्यक्तिको अर्थतन्त्र प्रतिको भिजन पनि फरक हुन्छ, किरण बताउछन। 

राजनीतिमा क्षेत्रमा बुझेको मान्छे आउनु पर्छ, पहिला विकास सडक निर्माण मात्र प्रचार गरिन्थ्यो तर अहिले युवाका सपना साकार गर्न वातावरण तयार गर्नुपर्छ। हाम्रा राजनीतिज्ञले हाम्रा समस्या नबुझेका हुन अब नेपालमा बसेर के गर्ने, राज्यले युवाहरुमा सीप सिक्ने, सपना देख्ने र बाँच्ने प्रणाली विकास गर्नुपर्छ। उनी बताउछन। 

हामी सधैं एक आपसमा झगडा गरेर बितायौं, हामीलाई गलत राष्ट्रवादले सधैं कब्जामा राख्यो, हामी सधैं भारतलाई गाली गर्यौ नेताहरु त्यही गर्न सिकाइरहेका छन, हामी गालिमै अड्कियौ भारतले प्रगती गरिरहेको छ। नेताहरुले भारतलाई गाली गर्न सिकाए हामीलाई भारतबाट सिक्न प्रेरित गर्ने नेता चाहिएको छ। भारत अहिले विश्वको ५ औं ठूलो अर्थतन्त्र भएको राष्ट्र भई सक्यो हामी काम गर्छौ गर्न देऊ भन्दा नदिने राजनीतिज्ञ चुनिरहेका छौ। 

हामीकहाँ अर्थतन्त्र र पैसा प्रति सकारात्मकता बनाउनु आवश्यक रहेको छ। हामी बच्चालाई जन्म देखि सक्षम हुने समयसम्म उनीहरूलाई तयार गर्नुपर्छ। अहिले युवाहरू नेपालमा बस्ने रिजननै छैन, अब युवाहरुले नेपालमा स्वतस्फूर्त रूपमा उद्यम गर्न प्रेरित हुने गरी नीति बनाउनु पर्छ। 

हामी सधैं गालीको राजनिती मात्र गर्यौ, अब हामीले हाम्रो लागि राजनीति गर्नुपर्छ युवाको लागि राजनीति गर्नुपर्छ। ५ वर्षपछि आफै राजनितिमा प्रवेश गर्नेछु। किरण बताउछन। 

“अहिलेको राजनीतिज्ञको एउटा मात्र अबजेक्टिभ छ, उनीहरू अरूलाई सहज हुने पोलिसी तयार पार्न सक्दैनन, भविष्यका लागि भन्दा विगत लक्षित नीति रहन्छन्, अनि भविष्यमा व्यापार गर्ने उद्यमीलाई विगतले खुम्च्याई रहेको छ। नव उद्यमीहरु हरेक विषयमा जोडिएका हुन्छन, फ्युचर इकोनोमी बुझेको हुँदा  अर्थतन्त्र अनुकूल नीति निर्माणमा सक्षम रूपमा कार्य गर्छन। ”

नेपालमा राज्यले साना तथा मझौला उद्योगको सम्भावना बुझेको छैन। राज्यले सधैं एकै ठाउँबाट ठूलो मात्रामा व्यवसाय हुँदा मात्र राम्राे मान्छ। धेरै ठाउँमा साना तथा मझौला उद्योगको विकास भएमा व्यवसाय विस्तारित रहन्छ, राज्यलाई आयको लागि पनि र राष्ट्रको जीडीपीमा पनि टेवा पुर्याउँछ। हाम्रोमा व्यवसाय भनेकाे ट्रेडिंग मात्र हो भन्ने परिपाटीले बिग्रेको हो सेवा क्षेत्र छ वा वस्तुमा भ्यालु जोडेर थप सेवा दिने पनि उद्यमहरु हुन्छन यसप्रति राज्यको ध्यान दिनु जरुरी छ।किरण बताउछन

उनी जोड्छन्, हामी सधैं हाइड्रो बुझेकोलाई पोलिसी हातमा थमाईदिन्छौ अनि सबैलाई त्यही नीति बाट साशित हुन बाध्य पर्छौं, हाइड्रो बुझेकोले कसरी ब्लकचेनमा चेन्ज गर्दछ, फ्युचर इकोनोमी बुझेको र परिवर्तनको विश्वब्यापी हुनसक्ने परिवर्तनलाई अनुभूति भएको व्यक्तिले राम्रो नीति निर्माण गर्न सक्छ। नीति निर्माता आजको भन्दा फ्युचर बुझेको हुनुपर्ने अहिले युवाहरुको माग छ। 

युवाहरूलाई अहिले राज्यले नीतिगत रुपमानै बाँधेर राखेको छ। नेपालमा वैदेशिक लगानीको आवश्यकता छ तर राज्यले उच्च सीमा लगाउँदा नेपालमा आउनुपर्ने लगानी नेपालमा आउन सकिरहेको छैन। २ करोडको क्याप लगाएको छ, सानो सीमा हुँदा अधिकांश कम्पनीहरूले वैदेशिक लगानी भित्र्याउन सफल हुन्थे, हामीलाई आवश्यक भन्दा धेरै उच्च सीमा निर्धारित भएको छ। 

उद्यमशीलता विकास गर्न शिक्षा देखि समाजसम्म हरेक कुराहरूमा परिवर्तन ल्याउन आवश्यक छ। 

‘किरण हाल Kings College मा एमबीए आईटीमा स्नातकोत्तर गरिरहेका छन्। ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको