Like us!
Follow us!
Connect us!
Watch us!

साझा बसबाट सुरु भएको 'टुटल' कन्सेप्ट, गोल्ड मेडलिस्ट शिक्षितको बैंकरदेखि उद्यमीसम्मको यात्रा

धिरज पौड्याल

बुधबार, २२ असार २०७९, १४ : ५६ मा प्रकाशित

साझा बसबाट सुरु भएको 'टुटल' कन्सेप्ट, गोल्ड मेडलिस्ट शिक्षितको बैंकरदेखि उद्यमीसम्मको यात्रा

भनिन्छ, “जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरु देख्छन् अनि हार्ने लक्षण भएको व्यक्तिले समस्या” । जित्ने अठाेट बाेकेका र जित्नकै लागि जन्मिएका धेरै व्यक्तिहरूमध्येका एक हुन्  युवा उद्यमी शिक्षित भट्ट। समस्यालाई सम्भावनामा बदलेका भट्टले म सक्छु भनेर गर्ने हो भने केही काम पनि असम्भव छैन भन्ने कुरा सावित गरेका छन्  । 

आजकाल तपाईं हामी सबैलाई काेही अपरिचित व्यक्तिको सवारी साधन (बाइक) भाडामा यात्रा गर्न सकिन्छ भन्ने कुरा सामान्य लाग्छ । तर तपाईंलाई यही प्रश्न २०१७ मा गरेको भए तपाईं एकैछिन साेचमग्न हुनुहुन्थ्याे हाेला अनि सायद तपाईंको उत्तर अर्कै आउने थियो । २०१७ र आजको समयमा देखिएको परिवर्तन तपाईंको व्यवहारमा आएको परिवर्तन हो । यसका संवाहक हुन् उनै युवा उद्यमी भट्ट। 

डोटी जिल्लामा जन्मिएका शिक्षित गुणस्तरिय शिक्षाको खोजीमा ८ वर्षको उमेरमा काठमाण्डौँ आएका थिए । विद्यालय तहको अध्ययन सकिएपछि उनले काठमाण्डौँ विश्वविद्यालयमा इलेक्ट्रोनिक तथा कम्युनिकेसन ईन्जिनियरिङ्को अध्ययन पुरा गरे । पोखरा विश्वविद्यालयबाट एम. बि. ए. का गोल्ड मेडालिस्ट उनी नेपाल विद्याभुषण पदकले सम्मानित भए । 

एमबिए पछि ममा फरकपन पलायाे,

जागिर खाई रीटायर जीवन बिताउने मेराे साेच केही नयाँ गर्नेमा बदलियाे 

सन् २००२ मा शिक्षित युनाईटेड टेलिकम्युनिकेसनमा कोर प्रविधिमा कार्यरत थिए। “एम. बि. ए. को अध्ययन सकेपछी ममा एउटा फरकपन देखिएको अनुभूति भयो, ईन्जिनियरिङ्को अध्ययनका क्रममा इन्जिनियर बन्ने, जागिरे खाने र रीटायर जीवन बिताउने सोचमा थिए तर एम. बि. ए. को अध्ययन सकेपछी केही धेरै गर्न सकिन्छ भन्ने बोध भयो” उनी बताउँछन्। 

एम. बि. ए. को अध्ययन सकेपछी उनले नेपाल इन्भेष्टमेन्ट बैंकमा काम सुरु गरे । बैंकमा उनी डिजिटल पेमेन्टमा काम गर्थे, त्यस बेला नेपालमा अन्य डिजिटल पेमेन्ट अपरेटर भने थिएनन्। ५ वर्ष सम्म उनी नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरे उनी मोबाइल पेमेन्ट सम्बन्धी केही नयाँ प्रोडक्ट डेभलपमेन्टका योजनामा कार्य गरे। “ बैंकमा कार्यरत रहँदा बैंकका सिनियर म्यानेजर, जि.एम., हरुसँग कुरा गर्दा आफ्नै केही गर्नुपर्छ भनी सुझाव दिन्थे, एसो सोच्दै जाँदा मलाई के लाग्यो भने म त्यो उमेरमा पुग्दा आफूभन्दा सानो आफूलाई र अरूलाई त्यो सुझाव दिदिँन, अहिले नै आफै केही गर्छु भन्ने अठोट लिएँ र उक्त जागिर छाडेँ” शिक्षित सुनाउँछन्। 

शिक्षितमा उद्यमशीलताको अठोट नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत रहँदा नै थियो । उनले बैंकमा कार्यरत रहँदा नै नेपालमा डिजिटल पेमेन्टको विकास र विस्तार कसरी गर्न सकिन्छ उक्त योजनामा गृहकार्य गरी नयाँ केही विकास गर्ने जमर्को गरेका थिए। 

"जागिर छाड्दा आफूमा ट्याक्क यो नै गर्छु भन्ने योजना थिएन, शिक्षा क्षेत्रमा केही गर्न सकिन्छ कि भन्ने योजनामा कार्य गर्यौ, सन् २०१३ मा ‘एडक्रेयोन’ नामक शैक्षिक सफ्टवेयरको विकास गर्यौ। सफ्टवेयर विकास गर्दा ट्याब्लेट बेस एजुकेशन विकास गर्न सकियो भने ग्रामीण क्षेत्रमा नवीनतम ज्ञान प्रदान गर्न सकिन्छ भन्ने सोचमा थियौं। सफ्टवेयर प्रयोग गर्न विभिन्न विद्यालयहरुले एडक्रेयोनको उपभोग गर्न प्रतिबद्धता व्यक्त गरेका थिए तर त्यसबेला नेपालमा महाभूकम्प गयो र विद्यालयहरुले विद्यालय पुननिर्माणमा ठूलो रकम लगाउनु पर्ने भयो हाम्रो योजना त्यही रोकियो," शिक्षित बताउँछन् ।

शिक्षितको उद्यमशीलताको यात्रा केही परिवर्तन हुन सुरु भएको थियो। उनले साझा एपलाई ट्रयाक गर्ने योजनामा सबैको साझा भन्ने एपको विकास गरे। उनी भन्छन् “त्यसबेला हामीसँग कुनै नयाँ योजना भने थिएन, नेपालमा साझा बस बढ्दै थिए यसो फोनलाई प्रयोग गरेर साझा बसलाई ट्रयाक गर्ने सिस्टम बनाए मान्छेहरूले प्रयोग गर्छन कि भन्ने सोचेका थियौं र त्यस्लाई निरन्तरता दियौँ तर उक्त प्रोजेक्टमा कसैको रुची भने देखिएन। हामीहरू बस ट्रयाक गर्न सकिन्छ भने अन्य सवारी साधन पनि ट्रयाक गर्न सकिन्छ भन्ने सोचमा पुग्याैँ। त्यसबेला मानिसहरू लामो लामो लाइन लगाएर गाडी पर्खी रहेका हुन्थे, हामीले राइड सेयरिङ एपको परिकल्पना गर्यौ र केही नयाँ गर्ने सोचमा थियौं। टेलिकमको व्याकग्राउन्ड थियो हामीले राइड सेयरिङ एप बनाउन सक्छौँ, हामीले त्यसबेला इलेक्ट्रिक बसमा गर्यो भने केही फरक नयाँ हुन्छ भन्ने सोच्यौ र त्यसै अनुसारको परिकल्पना गर्यौ र ‘बिजुली’ नाम राख्यौँ। त्यसबेला इलेक्ट्रिक गाडी पर्याप्त मात्रामा थिएन त्यो सम्भव भएन, इलेक्ट्रिक गाडीमा गर्न नसकेपछि ट्याक्सीमा गर्न सकिन्छ की भन्ने सोच्यौ तर ट्याक्सीहरु आन्दोलित भए, प्राइभेट कारमा गर्नेकी भन्यौँ तर त्यति महङ्गो प्राइभेट कार कसले रेन्टमा दिन्थ्यो र हामीले मोटरसाइकलमा गर्ने सोचमा पुग्यौं र विकास गर्यौ। ”

"नेपालमा त्यसबेला मोबिलिटीकाे स्वतन्त्रता थिएन, हजारौं लाखौं संख्यामा मोटरसाइकल थिए विकसित मुलुकमा मोबिलिटी स्वतन्त्रताको लागि हाम्रोमा त्यस किसिमको सेवा र स्वतन्त्रता थिएन। त्यसबेला कति मान्छेहरु गन्तव्यको प्रतिक्षामा थिए भने कति मोटरसाइकलका सिट खाली थिए, हामीलाई बाहिरबाट हेर्दा एप हो यसबाट यस्तो सुविधा हुन्छ जस्तो देखिएपनि हाम्रो मुख्य उदेश्य एक अर्को ठाउँमा पुग्ने स्वतन्त्रता दिनु हो।", उनी थप्छन्। 

विगतलाई स्मरण गर्दै उनी भन्छन्, "नेपालमा त्यसबेला मोटरसाइकल चलाएर जीविको पार्जन गर्न सकिन्छ र अरूको मोटरसाइकलमा एक ठाउँ बाट अर्को ठाउँमा पुग्न सकिन्छ भन्ने थिएन।  सुरुसुरुमा हामीले प्रयोगकर्ताको व्यवहार परिवर्तन गर्न निकै समस्या भयो र धेरैले धेरै किसिमका प्रश्न गर्थे, यस्तो कसैले गर्न पाउँछ र ?, के हुन्छ, अर्का मान्छे संग चढ्ने लगायतका विभिन्न प्रश्नहरू आउने गर्थे।"

"कुनैपनि अवस्थामा नयाँ साेधको नयाँ अनुसन्धानको परिकल्पना पुरानो कानुनमा उल्लेख हुँदैन। त्यसैले कानुनी रूपमा हेर्दा प्राइभेट बाइकमा यसरी मान्छे लैजान पाउने नपाउने लगायतका धेरै प्रश्नहरू थिए। हामीलाई डर पनि लाग्थ्यो कसैले आएर तोडफोड गर्दिने होकी, बन्द गर्दिने हो कि तर हामीलाई के थाहा थियो भने हामीले राम्राे काम गरिरहेका थियौँ । सेवा पनि दिएका थियौँ, रोजगारी पनि सृजना गरेका थियौं। हामीले गरेको काम बाट धेरै मानिसको जीवन यापन चलेको थियो। हामीलाई कानुनी रूपमा यसमा ग्राहो अफ्ट्यारो छ भन्ने थाहा हुँदाहुँदै पनि हामीले गरेको कामले देशमा नयाँ रोजगारी सृजना र धेरै सुविधा भएको महसुस भएको थियो र हामीलाई अगाडि बढ्ने प्रेरणा मिल्यो।", उनी बताउँछन् ।

उनले थपे, "त्यसबेला ट्राफिक प्रहरीले हाम्रा राइडरहरुलाई यात्रुहरुलाई समात्न थाल्यो, मलाई पनि पुलिस थानमा बोलायो तर हामीले दिएको सेवाको कारण धेरै व्यक्तिलाई सुविधा मिलेको थियो त्यसको कारण धेरै मान्छेहरु यस विरुद्ध आन्दोलित भए, आन्दोलित हुने क्रममा तत्कालीन प्रधानमन्त्री ओलीले चल्न दिनु भनी ठाडो आदेश दिएपछि सञ्चालन भयो।"

अबको उद्यमशिलता चुनौती समाधान तर्फ अगाडि बढ्नुपर्छ, उद्यमशीलता एउटा कला हो र निरन्तर प्रकृया हो

"अबको उद्यमशिलता चुनौती समाधान तर्फ अगाडि बढ्नुपर्छ, उद्यमशीलता एउटा कला हो र निरन्तर प्रकृया हो। पैसा कमाउनुपर्छ व्यवसाय गर्नुपर्छ भन्दा पनि केही नयाँ गर्नुपर्छ भन्ने सोचबाट मानव विकास भएको हो। सुरुवातमा भएका ठूला ठूला विकास केही नयाँ गर्नुपर्छ भन्ने सोचबाट प्रेरित भएको हो,अहिले एक्काइसौं सताब्दीको नियम उद्यमशिलताबाट राम्रो पैसा कमाउनुपर्छ भन्ने छ। वास्तवमा उद्यमशीलता कलाबाट आएको हो, टेक्नोलोजी भन्ने शब्द ग्रीक भाषाको टेच्नी भन्ने शब्दबाट आएको हो, प्रविधि र कलालाई उनीहरू समायोजन गर्दछ।”, शिक्षित बताउँछन् । 

उनी थप्छन्, "पछिल्लो समय प्रविधिको विकास टेकका मान्छेहरूले मात्र गर्नुपर्छ भन्ने छ ।  खासमा प्रविधिको विकासका कुरा हेर्ने हो भने कसैले गरेको परिकल्पनाका आधारमा नै नयाँ नयाँ कुराको विकास भएको हो। सोच्ने मान्छेलाई सोचाइको स्वतन्त्रता हुन्छ तर प्रविधिमा काम गर्ने मान्छेले सीमित सुविधा मात्र हुन्छ। हामीले अहिले सोच्ने जिम्मा टेक गीक लाई मात्र दिएका छौ, प्रविधि एउटा टुल मात्र हो।"

"उद्यमशीलता निरन्तर प्रक्रिया हो, गेम्स वाटले पहिलो स्टिम इन्जिन बनायौं भन्ने हामीले सोच्छौँ तर उनले न्यूकमेनस् भन्ने मान्छेको स्टिम इन्जिन जुन निकै इनएफिसेन्ट थियो त्यसलाई विकास गरेका हुन्। खोजमा अनवेषण भै रहन्छ। त्यसैले इनोभेसन उद्यमशिलता समयमा एउटा पढाब हैन यो भनेको एकजनाले विकास गरेपछि त्यसलाई अर्कोले बेटर गर्ने अर्कोले वेटर गर्ने त्यस सिलसिलालाई अगाडि लैजाने क्रम हो र त्यही सिलसिलाको सुरुवात हामीले गर्न खोजेको हो, चाहे त्यो एड टेकमा होस या मोबिलिटीमा होस तर उद्देश्य के हैनकि त्यो सुरुवात नै अन्त्य हुनुपर्छ भन्ने हैन तर त्यो सुरुवातबाट अज धेरै मान्छे प्रेरित भएर उक्त सुरुवातलाई नयाँ पढाव सम्म मान्छेले हाते मालो गरेर लैजान्छ भन्ने एक उद्यमीका चाहना हुनुपर्छ र त्यो चाहानाले उद्यमशिलतालाई प्रेरित गर्दछ, कम्पनीको भ्यालुएसले उद्यमशीलताको तुलना गर्दैन।" उनी बताउँछन् । 

हाल टुटलले ८० हजार व्यक्तीलाई रोजगारी दि रहेको छ। टुटललाई थप परिष्कृत र विस्तार गर्ने योजनामा उनी छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको