Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति

अर्थ संसार

आइतबार, १९ असार २०७९, १६ : ५३ मा प्रकाशित

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति

एनआईसी एशिया बैंक लिमिटेडले ओम्नी च्यानल एप प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले यस ओम्नी च्यानल एप मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।

हालका NIC ASIA MoBank प्रयोगकर्ताहरूले वर्तमान NIC ASIA MoBank एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्नेछन् भने नयाँ ग्राहकहरूले Play Store वा App Store बाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ । स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नी च्यानल एप मार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् ।

साथै, यस बैंकमा खाता नभएकोहरूले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् । जसबाट समेत QR भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सक्नेछन् । ग्राहकको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको