Like us!
Follow us!
Connect us!
Watch us!

'सेयर बजारलाई मात्र हेरेर ४/१२ संशाेधन गर्नु हुँदैन'

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १६ : ३९ मा प्रकाशित

'सेयर बजारलाई मात्र हेरेर ४/१२ संशाेधन गर्नु हुँदैन'

नेपाल वित्त संस्था संघका अध्यक्ष सरोज काजी तुलाधरले राष्ट्र बैंकको नीतिका कारण सेयर बजार नघटेको बताएका छन्। व्यवस्थापन संघ नेपालले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, "अहिले बजारमा राष्ट्रबैंकका कारणले सेयरबजार घटेको भन्ने पनि सुनिन्छ, तर मलाई त्यस्तो लाग्दैन। कतिपयले ४/१२ का नीतिका कारण बजार घटेको भन्छन् तर मलाई त्यस्तो लाग्दैन।"

राष्ट्र बैंकले सेयर बजार मात्र नहेरी समग्र अर्थतन्त्रलाई हेरेर मौद्रिक नीति बनाउने उनी बताउँछन् । "यदि ४/१२ हटाएर सेयर बजार सधैँ बढी मात्र रहने भएत ठिकै होला तर त्यस्तो हैन भने जे छ ठिकै छ परिवर्तन गर्न आवश्यक देख्दिँन ।,उनले भने, "पूँजी बजार हेर्नलाई नेप्से र धितोपत्र बोर्ड छँदैछ।"

कार्यक्रममा बोल्दै उनले सरकारले गरेको पेट्रोलियम पदार्थमा अनुदान दिएर वा कर घटाएर मूल्य घटाउने निर्णय सही नभएको बताए । उनले भने, "हामीले विदेशी मुद्रा सञ्चय घट्याे भन्छौँ यदि अवस्था यस्तो हो भने पक्कै पनि मूल्य घटाउने निर्णय सही होइन पक्कै पनि मूल्य बढ्दा उपभोग घट्ने थियो ।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको