Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको राजिनामाको विषयमा प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १६ : ४९ मा प्रकाशित

अर्थमन्त्रीको राजिनामाको विषयमा प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

अर्थमन्त्री जनार्दन शर्माकाे राजिनामाकाे विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।

आज (मंगलबार) बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले यस्तो निष्कर्ष निकालेको हाे । प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिनको माग गरेको र अर्थमन्त्रीको राजीनामा पनि मागिएको हुनाले के गर्दा उपयुक्त हुन्छ र विवाद समाधान गर्न सकिन्छ भनेर प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने भएका हुन् । उनी आज वा भोलिभित्रै छलफल गर्दैछन् । 

अर्थमन्त्री बर्खास्त गर्न तिब्र दबाब, आन्तरिक छलफलमा प्रधानमन्त्री

एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न चाैतर्फी दबाब देखिएकाे छ । बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको