Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १८ : २४ मा प्रकाशित

सिभिल लघुवित्तद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न

सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ आषाढ २१ गते आफ्नो स्थापनाको १०औं वर्ष पुरा गरी ११औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।

संस्थाले स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरुमा छात्राछात्रहरुलाई शैक्षिक सामग्री वितरण, समुदायमा डस्टबिन वितरण तथा सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गरी १०औं वार्षिकोत्सव मनाएको हो ।

संस्थाको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको ढुंखर्कमा दांत तथा महिला स्वास्थ्य शिविर सञ्चालन गरेकोमा उक्त कार्यक्रमबाट करिब १५० जना लाभान्वित भएका छन् । यसैगरी संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्यनरत करिब ७०० जना छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । यसै क्रममा संस्थाले रुपन्देही जिल्लाको कञ्चल गाउँपालिकामा डस्टबिन वितरण तथा सरसफाई कार्यक्रम समेत आयोजना गरेको छ ।

वित्तीय संस्थाले स्थापना भएको दश वर्षको अवधीमा देशका ३४ जिल्लाहरुमा ७५ शाखा कार्यालय मार्फत करिब ७० हजार घरपरिवारमा लघुवित्त सेवा पुर्याउन सफल भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको