Like us!
Follow us!
Connect us!
Watch us!

तोडिने भयो ५० ब्रोकरको सिन्डिकेट, बोर्डको निर्णयको सर्वत्र स्वागत

अर्थ संसार

बुधबार, २२ असार २०७९, १० : ४४ मा प्रकाशित

तोडिने भयो ५० ब्रोकरको सिन्डिकेट, बोर्डको निर्णयको सर्वत्र स्वागत

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेको छ । मस्यौदा स्विकृत भएसँगै अब ब्रोकर अनुमति प्रणाली खुला हुने भएको छ । 

बोर्डले अब सेयर ब्रोकर तिन तहको हुने व्यबस्था गरेको छ । नयाँ व्यवस्था अनुसार अब ब्रोकरहरुलाई सीमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र धितोपत्र व्यापारी गरी तीन किसिमको अनुमति पत्र प्रदान गरिनेछ ।

बोर्डले गरेको नयाँ व्यबस्था अनुसार अब ब्रोकर लाइसेन्स हरेक वर्ष वितरण गरिनेछ भने ब्रोकर संख्यामा कोटा समेत तोकिने छैन यसको मतलब अब सेयर ब्रोकर व्यवसाय सञ्चालन गर्न चाहाने जो कोहिले पनि प्रक्रिया पुरा गरि ब्रोकर लाईसेन्स प्राप्त गर्न सक्नेछन् । 

पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारीको लाइसेन्स अब बैंकहरु वा तिनका सहायक कम्पनीहरुले पनि लिनसक्ने छन् । यससंगै लगानीकर्ताहरुले माग गर्दे आएको बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिनुपर्ने माग समेत सम्बोधन हुने भएको छ । 

यो संगै अब सेयर बजारमा रहेको ५० वटा ब्रोकरहरुको सिन्डिकेट समेत तोडिने भएको छ । धितोपत्र बोर्डको उक्त निर्णयलाई लगानीकर्ताहरुले स्वागत गरिरहेका छन् । लगानीकर्ताहरुले आफ्ना विभिन्न सामाजिक सञ्जाल मार्फत धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिँदै सेयर बजारमा नयाँ युगको सुरुवात हुने बताएका हुन् । 

बजारका सक्रिय लगानीकर्ता एवमं सेयर जानकार केशब कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन् ‘अर्थमन्त्रीको हरियो झण्डा बिना यो सम्भव नै थिएन, धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालको धेरै ठुलो राजनीतिक र ब्यापारीक दवावका वाबजुद यो निर्णय भएको छ । तिलक कोइराला जिको १९ बुदे माग पूरा गराउने अभियानले अर्थमन्त्री र धिबो प्रमुख लाई निर्णय गराउने आधार तयार गरेको छ। तर निर्णय अझै मन्त्री परिषद बाट पारित हुन बाकी नै छ भन्ने नभुलौ।रात रहे अग्राख पलाउछ। पारित हुनु अगाबै अर्थमन्त्री जनार्दन शर्माको राजिनामा आयो भने नयाँ खिचडी पाक्न सक्छ । न्याउरी मारी पछुतो भन्ने कथन त थाहा होला नि साथीहरूलाई ।’ 

त्यस्तै पूँजी बजारको विकास विस्तारका विभिन्न १९ बुँदे माग सहित आमरण अनशन बसेका पूँजी बजार सुधार अभियानका संयोजक तिलक कोइरालाले पनि आफ्नो फेसबुकमा लेखेका छन् ‘तीन तहको ब्रोकर लाईसेन्सका लागि प्रधानमन्त्री, अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्ष तीन जनाको एकमत, हाम्रो माग भन्दा एक कदम अगाडि, पूँजी बजार बिकासको काम शुरु मात्र भएको हो, अझै धेरै गर्न बाँकी छ, अघि बढ्नुस रमेश हमाल, हामी साथ छौं ।’ 

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले पनि धितापत्र बोर्डको कदमलाई अग्रगामी कदम भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत बोर्डको निर्णयको स्वागत गर्दै लेखेका छन् ‘धितोपत्र बोर्डको हिजोको नया ब्रोकर सम्बन्धी निर्णय ऐतिहासीक लगानिकर्ता मैत्री अग्रगामी कदमको रूपमा स्वागत योग्य छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको