Like us!
Follow us!
Connect us!
Watch us!
अर्थमन्त्रीको विषयमा माओवादीले एमालेसँग छलफल गर्ने

म निर्दोष छु : अर्थमन्त्री जनार्दन शर्मा

अर्थ संसार

बुधबार, २२ असार २०७९, ११ : ५८ मा प्रकाशित

म निर्दोष छु : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आफू निर्दोष रहेको बताएका छन् । आज बसेको माओवादी पूर्वस्थायी कमिटीको बैठकमा सहभागी भई बोल्दै मन्त्री शर्माले यस प्रकरणमा आफू निर्दोष रहेको बताएका हुन् । उनले बाहिर आएजस्तो कुरा यथार्थमा भने नरेहेको बताए । अर्थमन्त्री शर्माका अनुसार अर्थमन्त्रालयमा भएको सीसीटीभीको प्रणालीमै १३ दिनभन्दा बढी स्टोरेज रहँदैन । 

अर्थमन्त्री शर्माले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्रीमाथि उठेको प्रश्न गम्भीर बन्दै गएको बताएका छन् । अर्थमन्त्री प्रकरणको विषयमा पार्टीका शीर्ष नेताहरूलाई पनि जोडेर सञ्चार माध्यमहरुमा विभिन्न समाचारहरु प्रवाह भएको भन्दै चाँडै निष्कर्षमा पुग्नुपर्ने उनले बताएका छन् । 

प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको