Like us!
Follow us!
Connect us!
Watch us!

बन्द रहेको हेटौँडा कपडा उद्योग सहित तीन उद्योग सञ्चालन गरिने

पत्रपत्रिका

विहीबार, २३ असार २०७९, ०७ : ०७ मा प्रकाशित

बन्द रहेको  हेटौँडा कपडा उद्योग सहित तीन उद्योग सञ्चालन गरिने

लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो ।

अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले जानकारी दिए ।

हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबीच रुग्ण उद्योग सञ्चालन सम्बन्धमा भएको छलफलमा तत्कालका लागि उक्त तीन बन्द उद्योग सञ्चालन गर्ने सहमति भएको थियो । सोहीअनुसार ती उद्योगको अवस्थाबारे अध्ययन प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

“संस्थानको डकुमेन्ट मागेर अध्ययन गरिरहेका छौँ, सरकार आफैँले चलाउने, सार्वजनिक निजी अवधारणाअनुसार सञ्चालन गर्ने वा निजीकरण गर्ने भन्ने विषयमा अध्ययन गरिसकेपछि टुङ्गो लाग्नेछ,” गौतमले भने । ती संस्थान पूर्ण रूपमा खारेज भइसकेका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको