Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डले ब्रोकरको नियमावली संशोधन : नयाँ आउने ब्रोकर यो व्यवसायमा कसरी टिक्लान ? हेरौं है त

डा.श्रेष्ठको फेसबुकवालबाट साभार

अर्थ संसार

विहीबार, २३ असार २०७९, ०८ : ३९ मा प्रकाशित

बोर्डले ब्रोकरको नियमावली संशोधन : नयाँ आउने ब्रोकर यो व्यवसायमा कसरी टिक्लान ? हेरौं है त

धितोपत्र बोर्डले नियमावली संशोधन गरी नयाँ ब्रोकरहरुको चुक्त पूँजी २० करोडदेखि १.५ अर्बसम्म पुराएको छ । यो सीमीत ब्रोकरका सीमीत सेवा पाइरहेका लगानीकर्ताहको लागि खुसीको कुरा हो । तर यसको व्यवसायिक बिश्लेषण हुनु जरुरी छ । शेयर ब्रोकरको व्यवसाय चाँदीकटाईको व्यवसाय हो भन्ने आम बुझाई छ । के त्यो सबै ब्रोकरको लागि हुन्छ  वा नयाँ आउने ब्रोकर यो व्यवसायमा कसरी टिक्लान ? हेरौं है त ।

२२ असार २०७९ मा २ अर्ब १७ करोड ८६ लाखको कारोबार भयो । हुन त हाम्रो बजारले यो बर्ष दैनिक २१ अर्बसम्मको कारोबार पनि देख्यो र एक अर्बभन्दा कमको पनि देख्यो । अहिलेको अवस्था बिश्लेषण गर्दा हिजोको २ अर्ब १७ करोड ८६ लाखको कारोबारको ५१ प्रतिशत भन्दा बढीको (१ अर्ब ४४ करोड बढी) कारोबार ५ वटा ब्रोकरले गरे । सबैभन्दा कम गर्ने ब्रोकरको १.४९ करोड देखिएको छ । बाँकी ४५ वटा ब्रोकरको भागमा ४९ प्रतिशत भन्दा कम कारोबार प¥यो । अर्थात् औसतमा एउटा ब्रोकरको भागमा २ करोड ३६ लाखको कारोबार परो । यसको औसतमा ०.५० प्रतिशत कमिशन हिसा गर्ने हो भने कमिशन १,१८,००० हुन आँउछ । १.४९ करोडको काम गर्नेले कमिशन औसतमा ७४,००० कमाएको देखिन्छ । नयाँ ब्रोकरले सुरुमा यहि न्यूनतम कारोबार गर्न सकेछ भने त्यो ब्रोकरको कमाई र खर्च कति होला ?

ब्रोकर व्यवसायको मासिक न्यूनतम संचालन खर्चः

(प्रष्टिकरण : यो सोधखोज र केहि अनुमानित हो । मेरो ब्रोकरको व्यवसाय छैन)

घरभाडा १,००,०००

मेनेजर, कारोबार, लेखा, डि.पि., प्रशासन, सुरक्षा १० जनाको ४,००,०००

नेप्सेलाई कमिशनको हिस्सा (दैनिक ७५,००० कमाउँदा) ३,७५,०००

कार्यालय संचालन खर्चहरु १,००,०००

इन्टरनेट, टि.एम.एस. शुल्क आदि १,००,०००

ग्राहक सेवा खर्च ५०,०००

हास कट्टी ५० लाखको फर्निचर, कम्प्इूटर आदिमा १,०५,०००

नयाँ प्रावधान अनुसार न्यूनतम पूँजी २० करोडमा वित्तीय चार्ज २,००,०००

लाइसेन्स रिन्यू खर्चहरु २५,०००

विविध ५०,०००

जम्मा मासिक खर्च करीब १५ लाख

औसत ०.५० प्रतिशतमा मासिक ब्रेक इभन प्वाइन्ट हुनुपर्ने कारोबार ३० करोड । दैनिक (हाल २५ दिन) ब्रेक इभन प्वाइन्ट को लागि चाहिने कारोबार १.२० करोड ।

यो हिसाबले नयाँ ब्रोकरहरु केहि समय टिक्न र बिक्न सकेनन् भने बाहिरिने निश्चित छ । यो देखेरै खुला आगमन, खुला वहिर्गमनको नीती लिएको होला ।

नयाँ नीतीचाहिँ ठूला पूजीमैत्री छ । सानाले त १.५ अर्बको चुक्ता पूँजीको त कुरै छोडौं, ६० करोड र २० करोड पनि उहि सम्झिने, पानी छम्किने त होला ?
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको