Like us!
Follow us!
Connect us!
Watch us!

देशभर उद्योगको संख्या ६० हजार १ सय ८५ पुग्यो

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १६ : २४ मा प्रकाशित

देशभर उद्योगको संख्या ६० हजार १ सय ८५ पुग्यो

नेपालमा उद्योगको संख्या ६० हजार १ सय ८५ वटा पुगेको छ । ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पादन उद्योग ६५,६११, विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २२२४ उद्योग रहेका छन् ।

केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरुमा ४ लाख ९१ हजार २२७ जना मानिसहरुले रोजगारी पाएको देखाएको छ ।

जसमा खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५, औद्योगिक उत्पादन उद्योग ४ लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना रहेको सर्वेक्षणले देखाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको