Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ५.७ प्रतिशतले बढ्दा १३.५ प्रतिशतले बढ्यो कर्जा प्रवाह

अर्थ संसार

सोमबार, २७ असार २०७९, १७ : ०६ मा प्रकाशित

बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ५.७ प्रतिशतले बढ्दा १३.५ प्रतिशतले बढ्यो कर्जा प्रवाह

चालु आर्थिक बर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १५.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.३ प्रतिशतले बढेको छ ।

२०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको अन्य कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.८ प्रतिशत, २७१ प्रतिशत र ५७१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको थियो । २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.५७ प्रतिशत रहेको छ। २०७८ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५.७ प्रतिशतले बढेको

त्यस्तै समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ।

२०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्ष २०७८र७९ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १२.६ प्रतिशतले, डिमान्ड तथा अन्य चाल पूँजी कर्जा १७९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १६.८ प्रतिशतले र हायर पर्चेज कर्जा २.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ५३.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा १७.६ प्रतिशतले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको