Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमा सुधारको संकेतः तीस अर्बले बढ्यो विदेशी विनिमय सञ्चिति

पत्रपत्रिका

मंगलबार, २८ असार २०७९, ०६ : ५४ मा प्रकाशित

अर्थतन्त्रमा सुधारको संकेतः तीस अर्बले बढ्यो विदेशी विनिमय सञ्चिति

एक महिनामा विदेशी विनिमय सञ्चिति ३० अर्ब रुपियाँले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा विदेशी विनिमय सञ्चितिमा सुधार देखिएकोे हो । वैशाखमा विदेशी विनिमय सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपियाँ रहेकामा जेठमा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपियाँ पुुगेको हो ।

गत फागुनमा ११ खर्ब ६७ अर्ब ९२ करोड र चैतमा आठ महिनामा ११ खर्ब ७१ अर्ब रुपियाँ थियो । गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा यो वर्षको जेठमा भने विदेशी विनिमय सञ्चिति घटेको छ ।

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा (जेठ)मा कुुल विदेशी विनिमय सञ्चिति १५ दशमलव ९ प्रतिशतले घटेर ११ खर्ब ७६ अर्ब ८४ करोड रुपियाँमा झरेको राष्ट्र बैङ्कले  जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकामा यो वर्षको जेठ मसान्तमा १९ प्रतिशतले कमी आई नौ अर्ब ४५ करोड रहेको छ । 

चालू  आर्थिक  वर्षको  जेठ  मसान्तमा  कुल  विदेशी  विनिमय  सञ्चितिमा  भारतीय  मुुद्राको अंश २५ प्रतिशत रहेको छ । 

चालू आर्थिक वर्षको प्रथम ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ५३ महिनाको वस्तुु आयात र ६ दशमलव ७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ । 

गोरखापत्र दैनिकमा समाचार छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको