Like us!
Follow us!
Connect us!
Watch us!

डलर दुई हप्तायताकै सस्तो

पत्रपत्रिका

बुधबार, १५ चैत्र २०७९, ०७ : २३ मा प्रकाशित

डलर दुई हप्तायताकै सस्तो

नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर बुधवार पुनः १३१ रुपैयाँ ८१ पैसामा झरेको छ ।

मंगलवार राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ १० पैसा थियो । बैंकहरूले भने १३१ रुपैयाँ ७० पैसादेखि १३१ रुपैयाँ ९० पैसाको बीचमा रहेर डलर विक्री गरेका थिए । यसले पनि बुधवार डलरको मूल्य घट्ने संकेत गरिसकेको थियो ।

गत चैत ३ गते १३२ रुपैयाँ ६८ पैसासम्म उक्लिएको डलरको भाउ डेढ हप्ताको बीचमै उच्चतम विन्दुबाट ८७ पैसा घटिसकेको छ । अमेरिकी डलरसँगै चिनियाँ युआनको विक्रीदर पनि घटेको छ । तर, युआनको मंगलवार र बुधवारको विक्रीदरमा चार पैसाको मात्रै फरक छ । मंगलवार १९ रुपैयाँ १९ पैसा रहेको चिनियाँ युआनको विक्रीदर बुधवार १९ रुपैयाँ १५ पैसामा झरेको छ ।

बुधवार युरोको विनिमय दर भने बढेको छ । बुधवारका लागि युरोको विक्रीदर १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ । मंगलवार युरोको विक्रीदर १४२ रुपैयाँ २१ पैसा तोकिएको थियो । बैंकहरूले भने १४१ रुपैयाँ ९१ पैसादेखि १४२ रुपैयाँ ९१ पैसाको बीचमा रहेर युरो विक्री गरेका थिए । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको