Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्मकै उच्च विन्दुमा डलरको भाउ, किन निरन्तर उकालो लाग्दै डलर ?

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, ०८ : ५५ मा प्रकाशित

हालसम्मकै उच्च विन्दुमा डलरको भाउ, किन निरन्तर उकालो लाग्दै डलर ?

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको बिक्रीदर १३० रुपैयाँ ९० पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।

राष्ट्र बैङ्कले आज अमेरिकी डलर एकको खरिदमा बिक्रीदर १३०.९० रुपैयाँ र खरिददर १३०.३० रुपैयाँ तोकेको छ । 

पछिल्लो समय रुस ,युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ। डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको