Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो डलरको मूल्य

पत्रपत्रिका

शुक्रबार, २४ चैत्र २०७९, ०६ : ४१ मा प्रकाशित

घट्यो डलरको मूल्य

भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको हो । उक्त घोषणाअघि ८२ दशमलव १० पैसा भारु पुगेको डलरको मूल्य घटेर ८१ दशमलव ८८ पैसा भारुमा झरेको थियो ।

भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो । भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । फलस्वरूप नेपालमा डलरको मूल्य घटेको हो ।

एभरेष्ट बैंकले बिहीवार बिहान कारोबार शुरू हुँदाको तुलनामा कारोबार बन्द भएपछि डलरको विक्रीदर १५ पैसाले घटाएर १३१ रुपैयाँ ३५ पैसा तोकेको थियो । एभरेष्टले कारोबार शुरू हुँदा डलरको विक्रीदर १३१ रुपैयाँ ५० पैसा तोकेको थियो ।

नेपाल राष्ट्र बैंकले भने बिहीवारका लागि डलरको विक्रीदर १३१ रुपैयाँ ५१ तोकेको थियो । राष्ट्र बैंकले शुक्रवारका लागि डलरको विक्री दर १३१ रुपैयाँ ३२ पैसा तोकेको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको