Like us!
Follow us!
Connect us!
Watch us!

आकासियो डलरको भाउ

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, ०९ : ११ मा प्रकाशित

आकासियो डलरको भाउ

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च विन्दु हो । यसअघि बुधबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा कायम भएको थियो । यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको थियो । बुधबारको तुलनामा बिहीबार डलरको भाउ १ रुपैयाँ ०६ पैसाले बढेको हो । 
त्यस्तै, आज युरोको बिक्रीदर १३० रुपैयाँ २४ पैसा छ भने खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ ।

पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा  पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ । 
 
यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ । डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको