Like us!
Follow us!
Connect us!
Watch us!

बैंककाे पैसा सबै जग्गामा गयाे : अर्थशास्त्री गौचन

अर्थ संसार

बुधबार, २९ असार २०७९, १६ : ५७ मा प्रकाशित

बैंककाे पैसा सबै जग्गामा गयाे : अर्थशास्त्री गौचन

अर्थशास्त्री डा. विश्वास गौचनले आउने वर्षहरू चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । 

बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी कार्यक्रममा बाेल्दै उनले आउने वर्षहरू चुनौतीपूर्ण हुनसक्ने बताएका हुन् । उनले अर्थतन्त्र स्ट्यागफ्लेसनमा जान सक्ने सम्भावना रहेकाे बताएका छन् । 

यसपालीको बजेट सामान्य अवस्थामा आउनुपर्ने खालको आएको भन्दै उनले अहिलेको अवस्था भने सामान्य नरहेको बताए । 

अघिल्लो ३ वर्षमा नेपालको आर्थिक वृद्धि निकै राम्रो रहेको उनी बताउँछन् । उनले भने, "अघिल्लो ३ वर्षमा हाम्राे आर्थिक वृद्धि निकै राम्रो  भयाे । हाम्राे १५ वर्षकाे इतिहास हेर्ने हाे भने मुद्रास्फिति भन्दा आर्थिक वृद्धि कम हुने गरेको पाइएको छ । तर पछिल्ला ३ वर्षमा मात्रै मुद्रास्फितिको तुलनामा आर्थिक वृद्धि धेरै भयो ।"

कार्यक्रममा बाेल्दै उनले जग्गाकाे भाउ अत्याधिक बढेकाे र बैंककाे पैसा सबै जग्गमा गएकाे बताए । अब जग्गाकाे भाउ बढ्न नहुने अनि धेरै घट्न पनि नहुने उनकाे तर्क छ । धेरै घट्याे भने सिस्टमेटिक रिस्क आउने उनी बताउँछन् । उनले भने, "५ वर्षसम्मकाे जग्गाकाे भाउ यही लेभलमा राख्नुपर्छ र अबकाे १२ वर्षभित्र जग्गाकाे मूल्य अहिलेकाे भन्दा सस्ताे बनाउने नीति लिनुपर्छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको