Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयर बजार सुनको अण्डा पार्ने ठाँउ होइन, मुटु जँचाएर मात्र दोस्रो बजारमा आउनुहोस्’

लगानीकर्ताको आवाज

शुक्रबार, ३१ असार २०७९, १० : ३३ मा प्रकाशित

सेयर बजार लगानीको राम्रो विकल्प भएता पनि यसलाई नै पुर्णकालिन पेशा बनाउन भने नहुने बताउँछन् नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता एवंम बुटवल पावर कम्पनी लिमिटेडका सञ्चालक दिनेश हुमागाँई ।

अर्थसंसारको नियमित कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा उनले सेयर बजार लगानीको उत्तम क्षेत्र भएपनि यसैमा मात्र निर्भर हुन भने नहुने उनको तर्क छ । ‘सेयरमा लगानी गरेर धेरैले राम्रो आम्दानी पनि गरेका छन् आफूसँग भएको केही रकम अन्यत्र राख्नुभन्दा पूँजी बजारमा लगाउनु राम्रै हुन्छ तर यहीलाई आफ्नो पुर्ण पेशा वा व्यवसाय बनाउँछु भन्ने सोच्नु भयो भने यसले तपाईँलाई कुनै बेला अप्ठ्यारो पनि पर्नसक्छ’ उनले भने ‘सेयर बजार सम्भावनाका साथ साथै जोखिमको पनि क्षेत्र हो त्यसैले अलि सम्यमित भएर लगानी गर्नुपर्छ ।’

सेयर कारोबार गर्ने लगानीकर्ताहरुले दुध दिँदै गरेको बुढो गाई किन्ने कि बाच्छी किन्ने भन्ने कुरा छुट्याउन सक्नुपर्ने उनको तर्क छ । ‘कहिले काँही क्षणिक लाभ हेरेर दुध दिँदै गरेको बुढो गाई किन्दा नोक्सानी पनि हुनसक्छ त्यस्तो गाई भन्दा बरु भर्खरैको बाच्छी किने त्यसले लामो समयसम्म दुध दिन सक्छ त्यसैले लगानीकर्ताहरुले क्षणिक प्रतिफल भन्दा पनि दिर्घकालिन प्रतिफललाई ध्यान दिनुपर्छ’ उनले भने । 

नेपालको पूँजी बजारकाे विकास विश्वका अन्य देशहरुको तुलनामा धेरै सुस्त भएको बताउँछन् उनी । ‘हामीसँगसँगै सुरु भएका विश्वका कतिपय स्टक मार्केटहरुलाई हेर्याैँ भने हामी त धेरै नै पछाडि रहेछाैँ जस्तो लाग्छ’ उनले भने ‘पूँजी बजारको विकासको सवालमा त हामीले कछुवालाई पनि जित्न सकेनौँ जस्तो लाग्छ ।’

ब्रोकरहरुको संख्या र सेवा विस्तारका सन्दर्भमा नेपाल धितोपत्र बोर्डका निर्णय शतप्रतिशत लगानीकर्तामैत्री भएको उनको विश्लेषण छ । बोर्डको उक्त निर्णय कार्यान्यवन भए यसले नेपालको पूँजी बजारको विकासमा उल्लेख्य योगदान गर्ने अनुमान उनको छ । ‘अहिले धितोपत्र बोर्डका नयाँ अध्यक्षले जे काम गरिरहनु भएको छ त्यो स्वागतयोग्य छ उहाँको काम गर्ने शैलीलाई धेरैले कुलमानजीसँग पनि तुलना गरिरहेका छन् उहाँलाई सम्पूर्ण ५२ लाख लगानीकर्ताको साथ छ’ उनले भने । 

हुमागाँईसँग गरिएको भिडियो कुराकानीः 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको