Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, १४ : २० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेका थिए ।

शाखा कार्यालय धुलिखेल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिनेछ । 

बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रम उप प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए । सो अवसरमा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, सुरक्षा निकायमा प्रमुखहरु, पत्रकार महासंघ काभ्रेका उप सभापति विनोद न्यौपाने, बैकका विभागीय प्रमुख दुर्गा कुमारी कंडेल, बागमती प्रादेशिक प्रबन्धक धु्रवप्रसाद अर्याल, शाखा कार्यालय धुलिखेलका शाखा प्रबन्धक ईश्वरी ढुङ्केल, बनेपाका शाखा प्रबन्धक जगन्नाथ अधिकारी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको