Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा घट्ला त ?

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, १२ : ३८ मा प्रकाशित

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा घट्ला त ?

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । शनिबार आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो। 

निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । यसअघि भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि पेट्रोलको भाउ बढ्ने गर्दथ्यो । अहिले घटेर आएपछि नेपालमा पनि घट्ला भन्ने प्रक्षेपण छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको